राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा

रोल्पा, १९ कात्तिक । रोल्पा, १९ कात्तिक । युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश हानिएका उनी लामो समय देश बाहिर रहे । त्यहाँको कमाइले घरको कमजोर आर्थिक अवस्थामा खासै परिवर्तन नआएपछि दोहो¥याएर विदेश नजाने […]

फूलको डोली चढाउन भक्तजनको भीड

दमौली, १९ कात्तिक । तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने धार्मिक परम्पराका कारण बिहानैदेखि मन्दिरमा फूलको डोली चढाउन भक्तजनको आगमन बढेको हो । फूलको डोली लिएर मन्दिर पुग्नुभएका ब्यास नगरपालिका–२ का महेश मल्लले बिहानैदेखि मन्दिरमा भक्तजनको ठूलो […]

औद्योगिक क्षेत्रमा ११७ उद्योग स्थापना गर्न प्रस्ताव

भीमदत्तनगर, १९ कात्तिक । सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ । विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम स्थानीय सरकारको अग्रसरताले गति पाएको छ । यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्रको काम अगाडि बढाउने क्रममा वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव […]

कूल लगानी रु २० करोडमा लुम्बिनी सामुदायिक मुटु अस्पताल बन्ने

खस्यौली, १९ कात्तिक । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु पाँच करोड र रु १० करोड शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो । तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको […]

बालश्रम रोकथाम चुनौतिपूर्ण

नेपालगञ्ज, १९ कात्तिक । बालश्रम न्यूनीकरणका लागि बाँके जिल्लामा अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा पछिल्लो समय बालश्रमिकहरु दैनिक रुपमा बढ्दै गइरहेका छन् । आर्थिक स्थिति कमजोर भएका परिवारका बालबालिकाहरु विभिन्न व्यवसायिक प्रयोजनका लागि बालश्रमिकका रुपमा काम गर्दै आएका छन् । बालअधिकारका क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्थाहरु भएपनि उनीहरुको […]

कोवाङमा स्वास्थ्यचौकीको भवन

मुस्ताङ, १९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई तले १४ कोठे पक्की भवन निर्माण गरेको हो । दुई वर्षअघि तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले भवन निर्माणका लागि महादेवी–नाना जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सङ्घीयता कार्यान्वयनसँगै […]

अलपत्र अवस्थामा वृद्ध जिटी

स्याङ्जा, १९ कात्तिक । खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहेका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो । उमेरले डाँडा काटिसक्यो, यो बुढ्यौलीको उमेरमा आफन्तको माया, ममता र […]

पत्रकारितामा महिलालाई पारिश्रमिक कम र जोखिम बढी

हेटौँडा, १९ कात्तिक । बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ । उनले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधैँ रिक्सा चढ्न तलबले धान्दैन । उसो त उनले बाटोमा एउटै सञ्चारगृहमा काम गर्ने अग्रज सञ्चारकर्मी दाजु कोठाबाट निस्कने बित्तिकै भेट्किे थिए । दाजुले सँगै जाऔँ […]

सुकुटे दुर्घटना: अझै पाँच घाइते अस्पतालमै

बनेपा, १९ कात्तिक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र […]

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक

डोटी, १९ कत्तिक । ठूला चाड दशैँ, तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ । कात्तिक शुक्ल पक्षमा सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपिठ तथा मन्दिरमा जात्रा लाग्ने भएकाले जात्राको रौनक छाएको केआइसिंह गाउँपालिकाका स्थानीय तथा पुजारी जयराज जोशीले बताए । कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म […]