काठमाडौं, २० मंसिर । भारतीय भूमिहुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भेगको तापक्रम निकै घटेको छ । यूरोपेली वायु टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको हिमाली भेगलाई छोएर नेपाल भित्रिँदा एक्कासी चिसो बढेको हो । मुलुकको पश्चिमी भेगबाट भित्रिएको यूरोपेली वायुले नेपालका हिमाली भेगलाई समेत छोएर फैलिँदा अहिले चिसो निकै बढेको […]
मुख्य समाचार
अख्तियारले समात्यो २८ जनालार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ
सुर्खेत, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अहिले ५ सय ३ वटा उजुरीको अनुसन्धान गरिरहेको बताएको छ । चालू आर्थिक वर्षको ४ महिनामा परेका ३ सय २३ वटा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८० उजुरीमाथी आयोगले अनुसन्धान गरिरहेको छ । आयोगमा परेका उजुरी मध्ये सवैभन्दा सुर्खेत र कम […]
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासङ्घले गर्यो आन्दोलन स्थगित
काठमाडौँ, १९ मङ्सिर । सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङ्घले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगन गरेको हो । […]
हुलाकी राजमार्ग निर्माणमा चरम लापरवाही
भीमदत्तनगर, १९ मङ्सिर । कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ । निर्माण कम्पनीले काम सक्नुपर्ने समयसीमा नजीक पुगिसक्दा ५० प्रतिशत काम पनि सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीले निर्माण कम्पनीको लापरवाहीका साथै कतिपय स्थानमा मुआब्जा तथा […]
जाडो बढ्न थालेपछि जिल्ला छोड्दै मनाङवासी
मनाङ, १९ मङ्सिर । मंसिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका […]
कुलमानले प्राधिकरणमा ल्याए नयाँ प्रविधि, अब घरघरमा नगएरै मिटर रिडिङ
काठमाडौँ, १८ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ । विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसवापत […]
विमल घर्तीमगरले ए डिभिजन लिगका खेल नखेल्ने
काठमाडौँ, १८ मङ्सिर । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको […]
फस्टायो एसीको व्यापार, पृथ्वीको तापमानसँग छैन चिन्ता
भारत । गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न थालेका छन् । एसीको प्रयोगले पृथ्वीको तापमान अझ […]
तालिम गर्दा गर्दै प्रहरी जवानलार्इ गोली लागेर गम्भीर घाइते
मोरङ, १८ मंसिर । प्रशिक्षार्थीलाई तालिम दिने क्रममा एक प्रहरी जवानलाई गोली लागेको छ । फायरिङ गर्न सिकाउने क्रममा गोली लागेर पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् । प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो सिरहा घर भई क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २७ वर्षीय यादवको देव्रे हातको […]
मिस वर्ल्डमा श्रृङ्खलाले जितिन एकैसाथ दुर्इ अवार्ड
काठमाडाैं, १७ मंसिर । चीनकाे सान्यामा भइरहेकाे मिस वर्ल्डकाे अन्तिम ३० का लागि भएकाे प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला खतिवडाले २ वटा महत्वपूर्ण सफलता हात पारेकी छन् । श्रृङ्खलाले मिस वर्ल्डको मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितेकी छिन्। यससँगै उनी दुर्इ वटा अवार्ड जितेर अन्तिम ३० मा पर्न सफल भएकी छन् । महत्पूर्ण दुर्इवटा अवार्ड […]











