भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुरका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । भक्तपुर क्षेत्र नम्बर १ मा हरिराम लवजु र क्षेत्र नम्बर २ मा रामप्रसाद सापकोटा दीपशिखालाई प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार मनोनयन गरिएको सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् । […]
फ्लास न्यूज
टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहले छाडे एमाले
बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् । रुपन्देही-३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए । शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका […]
चुनाव लड्न मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभाबाट राजीनामा
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । चुनाव लड्न उनले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् । ‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत पार्टीका सधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने । प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै […]
जेनजी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । ओली जेनजी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन् । सोमबार बिहान भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो । आगामी फागुन […]
भक्तपुर-२ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। रास्वपाले खत्रीलाई भक्तपुर-२ मा उम्मेदवारी दिने भएको एक नेताले बताए। पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए। यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार छन्। दुई जनाबीच यस क्षेत्रमा प्रतिस्पर्धा हुने […]
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, चुनावको हटस्पट मानिएको झापामा बसुन्धरा खड्का
काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो । एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतको सरुवा भएको छ […]
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ । पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, […]
गगन थापाले भने : आज उम्मेदवार टुंग्याउँछौं, मनमा कुरा नराखी सहयोग गर्नुहोला
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा उम्मेदवार टुंग्याइने बताएका छन् । उनले सोमबार बिहान फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । ‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउन,’ सभापति थापाले भनेका छन् । उनले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा केही कुरा […]
नर्सिङ परिषद सदस्यमा पत्रकार निर्जला कक्षपती नियुक्त
काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ परिषद् (Nepal Nursing Council) को सदस्य पदमा शिक्षा पत्रकार निर्जला कक्षपतीलाई नियुक्त गरेको छ । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमस्तरीय निर्णयबाट शुक्रबार कक्षपतीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको हो । उनलाई नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ५ उपदफा १ […]
गोरखा–२ मा बाबुराम भट्टराईले लेखनाथ न्यौपाने र मिलन चक्रेसंग प्रतिस्पर्धा गर्ने
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा परेको जानकारी गराएका छन् । गोरखा–२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताएका छन् । ‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण […]











