९ कक्षामा अध्ययनरत किशोरले बनाए व्याट्रीबाटै चल्ने बाइक

बागलुङ, १० मंसिर । एक युवकले ब्याट्रीबाट चल्ने बाइक बनाएका छन् । ‘चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल’ बागलुङमा अध्यनरत विद्यार्थीले व्याट्रीबाट चल्ने मोटर साइकल इलेक्ट्रिक बाइक बनाएका हुन् । बागलुङ नगरपालिका–२ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भोल्टको मोटर व्याट्रीबाट चल्ने बाइक निमार्ण गरेका हुन् । इलेक्ट्रिक बाइकमा ४ वटा लिडएसिड व्याट्री, एउटा १२ भोल्टको […]

अवैध शुल्क फिर्ता नगर्ने मेडिकल कलेज मालिकहरुलाई पक्राउ गर्न गृहमन्त्रीले दिए प्रहरीलाई आदेश

भक्तपुर, ९ मङ्सिर । मेडिकल कलेजहरुले अवैध शुल्क उठाइरहेको विषयमा विद्यार्थीहरुको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले अवैध रुपमा असुलेको शुल्क २४ घण्टा भित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ । अवैध सुल्क फिर्ता नगर्ने मेडिकल कलेज संचालकलाई पक्राउ गर्न समेत सरकारले सोमबार निर्देशन दिएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलमा अवैध शुल्क असुल्ने कलेजलाई कारबाही गर्ने निर्णय […]

उच्च शिक्षा अध्ययनका लागि युवा समाजसेवी अमात्यद्धारा १ लाख ९२ हजार ६ सय ५५ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण

पाल्पा, रिब्दीकोट गाउँपालिकाका स्थानीय युवा व्यवसायी तथा समाजसेवी नरेन्द्र अमात्यको सक्रियतामा रिब्दीकोट गाउँपालिका ३ मा जन्मभई कामको सिलशिलामा देश तथा विदेशमा रहेका रिब्दीकोट बासी युवाहरुको सहयोगमा विपन्न परिवारकी सिर्जना मल्ललाई १ लाख ९२ हजार ६ सय ५५ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरिएको छ । अमात्यको सक्रियता र हार्थोक बजार व्यवस्थापन समितिको सक्रियतामा संकलन भएको […]

निम्न माध्यामिक तह करार शिक्षकको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं ८ मंसिर । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको गणित विज्ञान विषयको करार सूची प्रकाशन गरेको छ । आयोगले बिहिबार एक सूचना निकाल्दै निम्न माध्यमिक तहको गणित विज्ञान विषयको पूर्वञ्चाल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूपश्चिमाञ्चलको करार सूची प्रकाशन गरेको हो । आयोगले शिक्षक सेवा आयोग नियमावलि २०५७ को नियम २४ बमोजिम करार शिक्षकमा नियुक्ति […]

मेडिकल कलेजभित्र पेस्तोल भेटियो, कलेज प्रशासनले नै पेस्तोल राख्न थालेको विद्यार्थी दावी

काठमाडौँ । प्रहरीले चितवन मेडिकल कलेजको छात्रावास अगाडिको हाताबाट एउटा पिस्तोल बरामद गरेको छ। केही दिनयता कलेजले पढाई शुल्क महँगो लिएको भन्दै त्यसलाई फिर्ता गर्न माग राखी आन्दोलनरत विद्यार्थीहरुको छात्रावास अघिल्तिरको हातामा हतियार देखेपछि कलेज सेक्युरिटी गार्डले प्रहरीलाई सूचित गरेका थिए। प्रहरीका अनुसार सूचना पाउने वित्तिकै प्रहरीले छात्रावास पुगेता पनि केही विद्यार्थीहरुले उनीहरुको छात्रावास भित्र […]

स्कुलमै स्थानीयले बाध्छन गाईबस्तु, खानेपानी नहुदा गाउँलेको घरमा गएर प्यास मेटाउनु भन्दा अर्को विकल्प छैन । यस्तो अवस्थामा छन यि विद्यालयहरु

बिर्तामोड, ६ मंसिर । शिवसताक्षी नगरपालिकामा पर्ने झरना प्राथमिक विद्यालय दुई वर्षयता बन्द छ । विद्यालय बन्द हुनुको एकमात्र कारण हो, विद्यार्थी अभाव । गाउँमा बालबालिका नभएरै विद्यार्थी अभाव भएको भने होइन । शैक्षिक गुणस्तरमा सुधार नआएपछि क्रमशः विद्यार्थी घट्दै अन्ततः विद्यालय नै बन्द गर्नुपरेको हो । झापाको अर्जुनधारास्थित बालज्योति प्राथमिक विद्यालयको कक्षा ४ मा पाँच जना विद्यार्थी । कक्षा […]

लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् लोकसेवा पास गर्ने ५ टिप्सहरु

काठमाडौं । नेपालमा अहिले लोकसेवाको तयारी गर्ने हरुको संख्या ठुलो रहेको छ । विभिन्न तहमा लोकसेवाले ठुलो संख्यामा विज्ञाजन खुलाउने तयारी गरेको छ । सरकारी जागिर खाने सपना बोकेर पढ्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल भइरहेको जानकारहरु बताउँछन् । त्यसैले लोकसेवाको तयारी गर्दा सही तरिका अपनाएर अध्ययन गर्नु पर्छ । १ पढ्दा कुनै एउटा […]

शिक्षक सेवा आयोगले फेरि जारी गर्यो अर्को नयाँ सूचना

काठमाडौं ५ मंसिर । शिक्षक सेवा आयोगले फेरि जारी गर्यो अर्को सूचना गरेको छ । शिक्षक सेवा आयोगले पछिल्लो समय शिक्षकहरुको धमाधम बढुवा गरेको छ । आयोगले कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको हो । एक सूचना जारी गर्दै शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ हेटौडाले पनि शिक्षकको कार्यक्षमताका आधारमा बढुवा गरेको जानकारी दिइएको छ । […]

अमेरिकामा अध्ययनगर्ने नेपाली विद्यार्थीहरु १३ हजार भन्दा धेरै

काठमाडौँ ४ मंसिर । अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्याको आधारमा नेपाल १२ औं स्थानमा छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश […]

विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौँ, ३ मङ्सिर । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएको हो र […]