बझाङ, २४ कात्तिक । बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन । संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशुल्क शिक्षाका लागि सुनिश्चितता गरे पनि बजेट अभावमा कतिपय विद्यालयहरुले […]
शिक्षा
१९ महिनामा शिक्षामन्त्रीले ३६ काम गरेको किन गरे यस्तो दावी
काठमाडौँ, २२ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिलेसम्मको आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले मन्त्रालय सम्हालेको १९ महिना १९ दिनको अवधिमा आफूले गरेका ३६ बुँदे कामको विवरण उल्लेख गरेका छन् । विवरणमा ५९१ स्थानीय तहमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ । “प्राविधिक तथा व्यावसायिक शिक्षाको […]
शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो नयाँ राष्ट्रिय शिक्षा नीति, यस्ता छन केही प्रमुख बुँदाहरु
काठमाडौं, २१ कार्तिक । सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले समग्र शिक्षा क्षेत्रलाई दिशानिर्देश गर्दै सार्वजनिक शिक्षाको सवलीकरणमा […]
भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न
गोरखा २१, कात्तिक । गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिए । “जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पु¥याएको हो”, उनले भने, “त्यसमध्ये […]
बालबालिका र किशोरकिशोरीका लागि खेल्दै सिक्ने केन्द्र
नेपालगञ्ज, २० कात्तिक । वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगञ्जमा तीन वटा खेल्दै सिक्ने केन्द्र सञ्चालन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण भइसकेको छ । कार्ययोजना निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब […]
सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव
बैतडी, १९ कात्तिक । दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिएको छ । वडा नं ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा पनि आठ विद्यार्थी मात्रै […]
अब त्रिविमा पारदर्शिता, निपष्क्षता र गुणस्तरको मार्गचित्र ल्याइने
काठमाडौँ, १८ कात्तिक । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मादपण्ड तर्जुमा गर्ने सङ्कल्प गर्नुभएको छ । आर्थिक अनियमितता, दलीय राजनीतीकरण र आन्तरिक किचलोले वार्षिक पात्रोसमेत प्रभावित हुँदै आएको त्रिविलाई पुनःजीवन दिने सन्दर्भमा आफूले सम्पूर्ण जानकारी लिएपछि स्पष्ट कार्ययोजनाका साथ आफ्नो विवेकले भ्याएसम्म […]
त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त
काठमाडौँ, १७ कार्तिक । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेका हुन् । नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको […]
‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि
फिक्कल, १७ कात्तिक । प्रदेश नं १ सरकारले इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा विकास गरेको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासनकालमै स्थापित सो विद्यालयलाई ‘स्मार्ट स्कूल’ घोषणा गरिएको हो । प्रतिनिधिसभा सदस्यको हरेक निर्वाचन क्षेत्रमा एक÷एकवटा यस्ता विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा स्तारोन्नति गरिने कार्यक्रमअनुसार […]
नेपालमै पहिलो पटक सुरु भयो स्नातकोत्तर तहमा सुरुङ इञ्जिनीयरिङको पढाइ
कास्की, १६ कात्तिक । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव हुँदा आशातीत कार्य अघि बढ्न नसकेको अवस्थामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा […]