ललितपुर, २ साउन । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले हरेक ज्येष्ठ नागरिकको हेरविचार गर्न परिवार नै उपयुक्त माध्यम भएको बताएकी छिन । आयोगले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकसम्बन्धी संशोधन विधेयक छलफल कार्यक्रम’मा अन्सारीले छोराछोरी नै आमाबाबुको रेखदेख, पालनपोषण र संरक्षणमा बलियो माध्यम बन्न सक्ने बताएकी हुन् । “हरेक आमाबुबाका इच्छा र चाहना छोराछोरीसँग […]
Author: Sanjeep Ghimire
महोत्तरीमा बाढीपछी बल्ल रोपाई शुरु
साउन लागेपछि बल्ल महोत्तरीका किसानलाई धान रोपाइँको चटारो परेको छ । पानी नभएर असारमा रोपाइँ गर्न नसकेका यहाँका किसान साउन लागेपछि बल्ल धान रोप्न थालेका हुन् । एक साताको वर्षासँगैको बाढी र डुबानको पानी सुक्दै गएपछि खेत खनजोत र रोपाइँ शुरु भएको हो । जिल्लाका उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने […]
वायुसेवा निगमले व्यवस्थापन सञ्चालन करारमा दिने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ । हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो । निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’, ‘इञ्जिनीयरिङ’ र बजार व्यवस्थापनलाई करारमा जानका लागि निगम सञ्चालक समितिले निर्णय गरिसकेको […]
४ बालबालिका माछा पोखरीमा डुबे
२ साउन (रासस /सिन्ह्वा) : भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन् । खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए । यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको […]
आप्रबासी रोक्न मेक्सिकोको सिमा क्षेत्रमा अमेरिकाले सैनिक बढायो
वासिङ्टन, २ साउन (रासस-सिन्ह्वा) – अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ । आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाई गर्ने […]
जापानको एक एनिमेसन स्टुडियोमा आगलागी , २४ जनाको मृत्यु
टोकियो, २ साउन (रासस/एएफपी) – जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ । यस आगजनीको कारण प्रष्ट भइनसकेकाे प्रहरीले जानकारी दिएको छ । सो आगजनीको […]
बलात्कार आरोपी पक्राउ
मकवानपुर,२ साउन । जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाईलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल […]
सबै वडामा स्वास्थ्य चौकी स्थापना
दाङ, २ साउन । दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । “विकट वडाका नागरिकमा अझै पनि स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न सकेका छैनन्”, उनले भने, “त्यसैले हामीले प्रत्येक वडामा स्वास्थ्य संस्था […]
कर्मचारीलाई समयमै कार्यालय आउन मन्त्रीले निर्देशन दिनुपर्ने विडम्बना
मकवानपुर, २ साउन । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् । बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्दा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए । मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । […]
कारागार भित्रै उद्यमी बन्दै
रोल्पा, २ साउन । रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम दिएको थियो । त्यसअघि टोपी बुन्ने तालीमसमेत लिइसकेका उनीहरुका लागि ढाका टोपी बुन्ने र मुढा […]