बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटायो

काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दे जानकारी […]

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते

तनहुँ, ९ चैत । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते भएका छन ।  तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना भएको हो । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधामबाट मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ

९ चैत । जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ परेका छन् । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएपछि कालोबाजारी गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाबाट संयुक्त रुपमा खटेको अनुगमन टोलीले पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा […]

कोरोनाभाइरसको (कोभिड–१९) जनचेतनामूलक गीत (भिडियोसहित)

काठमाडौं, ९ चैत । कोरोनाभाइरसको (कोभिड–१९) जनचेतनामूलक गीत सार्वजनिक भएको छ । जसमा गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा सजिएको छ । विश्वभरी १३ हजार बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के-कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा विभिन्न चर्चित कलाकारहरुको अभिनय […]

कोभिड–१९ संक्रमतिको संख्या विश्वभर तीन लाख बढि, मर्नेको संख्या १२ हजार ९७३

विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि ठूलो त्रास उत्पन्न भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै […]

नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु,

काठमाडौँ, ९ चैत । काठमाडौँमा एलपी ग्यासको ढुवानी माग भन्दा बढि गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । सङ्घका अनुसार एलपी ग्यास […]

‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ’:अध्यक्ष प्रचण्ड

काठमाडौं, ९ चैत । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैलाई आग्रह गरेका छन् ।प्रचण्डले विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् । केही दिनयता […]

काभ्रेपलाञ्चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

बनेपा, ९ चैत । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा […]

कोरोनाभाइरसबाट इटलीको लोम्बर्डी क्षेत्र सबैभन्दा बढि प्रभावित

काठमाडौ, शनिवार मात्रै इटलीमा करिब ८०० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो। गत महिना कोरोना सङ्क्रमण सुरु भएयता ४,८२५ जनाको मृत्यु भयो जुन विश्वकै सबभन्दा धेरै हो । लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो, त्यहाँमात्रै कोरोनाभाइरसका कारण ३,०९५ को मृत्यु भएको छ । यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी […]

नेपाल भारत सीमाबाट समान ढुवानीबाहेक अन्य आवतजावत रोकिने

छिमेकी भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीका एक जना सल्लाहकारले अवस्था बिग्रिए सामानहरूको ढुवानीबाहेक नेपाल भारत सीमा मार्फत् हुने सबै किसिमका आवतजावत रोकिने बताएका छन् । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म त्यहाँ १९५ जनामा सङ्क्रमण देखिएको छ भने चार जनाको (कोभिड १९) का कारण मृत्यु भइसकेको छ। […]