नेपाली राष्ट्रिय फुटबल टोली जापान अाउदै

टोकियो । नेपाली राष्ट्रिय फुटबल टोली साउन अन्तिम साता जापानमा मैत्रिपूर्ण फुटबल खेल्न आउने भएको छ । प्रशिक्षण तथा मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोली यही अगष्ट ४ तारिखमा १० दिनका लागि जापान आउन लागेको हो । अखिल नेपाल फुटबल संघका अनुसार एसियन कप छनोटअन्तर्गत् हुने खेलको तयारी गर्न नेपाली टोली जापान आउन लागेको […]

राप्ती समाज जापानको अध्यक्षमा बिशेश्वर रेग्मी निर्बिरोध निर्बाचित

राप्ती समाज जापानको टोक्योमा सम्पन्न प्रथम अधिबेशनले रुकुमका विश्वेश्वर रेग्मीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जुलाई २३ तारिखमा भएको अधिवेशनले पदमप्रसाद भट्टराइको अध्यक्षमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । अधिवेशन को अध्यक्षता विशेश्वर रेग्मी र कार्यक्रमको संचालन अशोक पुरीले गर्नु भयको थियो। अधिवेशनले उपाध्यक्षत्रयमा राजन केसी, रवि पुन […]

१९५० को मैत्री सन्धि पुनरावलोकनमा विज्ञहरुको सुझाव

नेपाल-भारतबीच भएको १९५० को मैत्री सन्धिका बिबादित बुदाहरुमा पुनरावलोकन गर्दै दुई देश बिचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने एक कार्यक्रमका विज्ञहरुले सुझाव दिएका छन् । आइतबार टोकियोको इचिगायास्थित जाइकाको सेमिनार हलमा चुकुबा बिश्वबिधालयले आयोजना गरेको ‘१९५० को मैत्री सन्धिको सान्दर्भिकता र नेपाल-भारत सम्बन्ध’ बिषयक कार्यक्रममा पुनरावलोकनका बुदाहरुमा अध्ययन र अनुसन्धान गरिनुपर्नेमा पनि विज्ञहरुले जोडदिए । […]

तिवारी प्रकरणमा मेरो कुनै संलग्नता छैन- पत्रकार मल्ल

टोकियो – जापान बस्दै आएका पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा संलग्नता रहेको आरोप खेप्दै आएका पत्रकार तिलक मल्लले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई जबरजस्ती फसाउन खोजिएको स्पष्ट पारेका छन् । फरक सन्दर्भमा तिवारीसंग भएको लेनदेन कारोवार र तिवारीको ठगी धन्दा फरक फरक बिषय एवं प्रसंग भएकोले एउटै घटनाकारुपमा नलिन उनले आग्रह गरे । […]

नेपाल-भारत सम्बन्धका बिषयमा टोकियोमा अन्तर्कृया कार्यक्रमको आयोजना गरिदै

नेपाल भारत सम्बन्धका बिषयमा देश भित्र मात्रै नभै देश बाहिर पनि बहस हुन थालेको छ । सम्बन्धकै बिषयमा जापानको राजधानी टोकियोमा पनि यसै महिनाको २३ तारिख आइतबारका दिन एक अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको छ । टोकियोको इचिगाया स्थित जाइका इन्टरनेशनलको हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाल भारत सम्बन्ध र बर्तमान अवस्थामा १९५० को सन्धिको […]