काठमाडौँ । कैलाली डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सोमबार नियन्त्रणमा लिएको छ । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले नियन्त्रणमा […]
Author: ननस्टप संवाददाता
आज मुख्य राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध, ५ ठाउँमा एकतर्फी सन्चालन
काठमाडौं । बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् । कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले आज बिहान नौ बजे अध्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला […]
आज साउनको पहिलो सोमबार, पशुपति दर्शनार्थीलाई नि:शुल्क बस
काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, काठमाडौंको पशुपति लगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् । यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, […]
गाजामा राहत पर्खिरहेका भोकाहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध चलायो गोली, ६७ जनाको गयो ज्यान
काठमाडौ । गाजाको उत्तरी क्षेत्रमा आइतबार मानवीय सहायता प्राप्त गर्न जम्मा भएका निहत्था नागरिकहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले गाजास्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ। पछिल्ला केही दिनयता गाजा भोकमरीको चरम अवस्थामा पुगेको छ। खाद्य सामग्री नपुग्दा हजारौं नागरिकहरू खासगरी बालबालिका, महिला र वृद्धहरू भोककै […]
साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौं । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । आजको यो खेलले विजेताको टुङ्गो लाग्ने छ । खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । यस प्रतियोगितामा नेपाल र बङ्गलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । आफ्नो दोस्रो […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी क्षेत्रमा छ धेरै वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको […]
तारकेश्वरको पिपलडाँडा खेल मैदानमा महिला मृत फेला
काठमाडौं । काठमाडौँको तारकेश्वरमा एकजना महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।’ घटनास्थलमा मोबाइल पनि भेटिएको छ । […]
वार्तापछि विद्याको प्रतिक्रिया- सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् । ‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको […]
च्यासलमा ओली र विद्याबीच २ घण्टा ‘वान टु वान’ वार्ता, के भयो कुराकानी ?
काठमाडौैं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ । पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल भएको हो । […]
काहुँखोलाको बाढीले पोखराको २ घरमा क्षति, दर्जनौं घर जोखिममा
पोखरा । पोखरा महानगरपालिका– १३ घट्टेखोलामा काहुँखोलामा बाढी आउँदा दुइटा घरमा क्षति पुगेको छ। वडाध्यक्ष किरण बरालका अनुसार आइतबार विहानदेखि उद्धारमा खटिएकाले मानवीय क्षति भने हुन पाएन । खोलामा बनाइएको बाँध फुटेर आएको बाढीले स्थानीयको दुइटा घरको केही भाग बगाएको बरालले बताए । खोलामा बाढी बढेका बखत अरु घरहरु पनि जोखिममा रहेको उनले बताए । ‘घट्टेखोलामा […]










