काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको […]
Author: ननस्टप संवाददाता
बालकोटमा गोली चल्यो, २ जना घाइते, नयाँ बानेश्वरमा आज पनि अश्रुग्याँस प्रहार
काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । यस्तै नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ । स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो । […]
रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् । अब आफू प्रदर्शनमा रहने उनको भनाइ छ । ‘म अब सडकमा उत्रेर […]
जनकपुरस्थित एमाले नेता रघुवीर महासेठको घर र मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् । जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् । यस्तै जनकपुरधामस्थित मधेश प्रदेशको […]
सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, मुख्यमन्त्रीको गाडी तोडफोड
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन चर्किएको छ । अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् । उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरू […]
सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा निशाना
काठमाडौं । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् । मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको […]
प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सुरु, रास्वपा छैन सहभागी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आह्वानमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। बैठक अहिले बिहान ८ बजेबाट सुरू भएको हो। जेन–जीको सोमबारको आन्दोलनमा सरकारले दमन गर्दै १९ जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले बैठक आह्वान गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उक्त बैठकमा सहभागी छैन । ‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो […]
सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन – प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टी निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । ‘जे क्षति भयो, […]
सकियो मन्त्रिपरिषद बैठक, सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीद्वारा अस्वीकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी गरिएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने सुझाव राखेका थिए। उनले विशेषगरी जेनजेड पुस्ताको आन्दोलन चर्किरहेको अवस्थामा संचारको माध्यम नै बन्द गर्नु गलत सन्देश जाने भन्दै प्रतिबन्ध फुकुवा गर्नुपर्ने तर्क गरेका […]
नारावाजी गरेको भन्दै ट्रमा सेन्टरमा घाइते र मृतकका आफन्तमाथि प्रहरीद्वारा लाठीचार्ज
काठमाडौँ । जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सेन्टरमा घाइते र मृतकका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ । देशमा बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेपछि […]











