नेपाली विद्यार्थीको मृत्यु भएको ‘हिट एन्ड रन’ घटनामा तानिए बेलायती र्‍यापर ‘घेट्स

काठमाडौँ । बेलायतमा ‘हिट एन्ड रन’ मा परी नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा इंग्लिस र्‍यापर जस्टिन क्लार्क शामुयलको संलग्नता रहेको खुलेको छ। स्टेजमा ‘घेट’ नामले चिनिने शामुयल आफैले मंगलबार घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ। अक्टोबर १८ तारिखको राति साढे ११ बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङलाई ठक्कर […]

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् । शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोज २०८२ को निर्णय कानुनविपरीत भएको […]

मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

Sushila karki

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । ‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन; यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो’, कार्कीले भनिन्, ‘जब कुनै […]

विराटनगरविरुद्ध बिनोदको अर्धशतकमा सुदूरपश्चिम फाइनलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्सविरुद्ध सहज जित निकाल्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो । सुदूरपश्चिले ७७ रनको सहज जित निकाल्यो । […]

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा उड्डयनका महानिर्देशकसँग पाँच लाख धरौटी माग

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतले नेपाल नगरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यस्तै तत्कालीन निर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ नगद माग गरेको हो। अख्तियार दुरूपयोग […]

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । हिजो (सोमबार) मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले विभिन्न १८ वटा निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । उनका अनुसार, आर्थिक कार्यविधि तथा […]

देशभरको आयात निर्यात ठप्प पारेर आन्दोलित भए भन्सार एजेन्ट

काठमाडौँ । मंगलबार मुलुकभरको आयात–निर्यात ठप्प भएको छ । भन्सार ऐन तथा नियमावलीमा भएका केही प्रावधान अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका भन्सार कार्यालयमा जाँचपासको काम रोकिएको हो । सोमबार वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको ‘पेनडाउन’ अभियान मंगलबार मेचीदेखि महाकालीसम्मका सम्पूर्ण भन्सार कार्यालयमा विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । […]

मंसिर २५ भित्र एमालेमा महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् । विभागका प्रमुख अधिकारीले ‘ई–नवयुग’ प्रतिनिधिसँग कुरा गर्दै महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ […]

फाइनलका लागि आज पुन: आमनेसामने हुँदै सुदूरपश्चिम र विराटनगर

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुँदैछ । खेल अपराह्न ४ बजे सुरु हुनेछ । विजेता टोली सोझै मङ्सिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत पुनः फाइनल पुग्ने अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र […]

जेनजी आन्दोलनका घाइतेलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए। ‘जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्री खरेलले भने, ‘जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांगता भएका व्यक्तिलाई राहत सहायता […]