काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई आइतबार दिउँसो ३ बजे कार्यालयमा स्वागत गर्ने भएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार रिहा भएका थिए । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् । […]
Author: ननस्टप संवाददाता
विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने बताएका छन्। देशभरका विद्यालयमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीति हटाउन अभिभावक एकजुट भएर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ। शिक्षा मन्त्रालयले काठमाडौंबाट निर्देशन दिएर मात्र नपुग्ने भन्दै उनले अभिभावकले आन्दोलन गरेर कडा चेतावनी नदिएसम्म विद्यालय सुधार नहुने बताएका हुन्। शिक्षामन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘शिक्षा […]
नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसे इन्टर्न डाक्टर, उपचारको क्रममा मृत्यु
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल […]
इमरान खान दम्पतीलाई अदालतले तोक्यो १७–१७ वर्ष जेल सजाय
काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख […]
तेल ट्यांकर नियन्त्रणमा लिएपछि अमेरिका–भेनेजुएला तनाव चर्कियो
काठमाडौँ । अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को एक ट्यांकर जहाज कब्जा गरेको छ। अमेरिकी तट रक्षक बल (यूएस कोस्टगार्ड) ले भेनेजुएला तट नजिक उक्त ट्यांकर नियन्त्रणमा लिएको हो। यस घटनाले अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक तनाव झनै चर्किएको छ भने भेनेजुएलाको तेल निर्यातमा थप असर पर्ने देखिएको छ। यसअघि पनि अमेरिकाले भेनेजुएलाबाट आएको तेल बोकेको जहाजमा […]
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। सचिवालयका अनुसार उनी पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा डा. भट्टराईले त्यहाँका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका विभिन्न प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट तथा छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, लोकतान्त्रिक अभ्यास र दक्षिण एसियाको समसामयिक राजनीतिक अवस्थाबारे उनले […]
आज देशभर पहाड–हिमाल र तराईमा कस्तो रहला मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई भूभागका धेरै स्थानमा हुस्सु लागेको अवस्था छ। आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। राति पनि मौसममा खासै परिवर्तन नआउने र देशभर आंशिक बदली नै […]
मधेस प्रदेशमा आज सभामुख चयन हुँदै, यादव र त्रिलोकीबीच प्रतिस्पर्धा
काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना प्रदेश सांसदले उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादबीच प्रतिस्पर्धा हुने भएको हो। रामअशिष यादवको उम्मेदवारीमा […]
कुलमान भन्छन् : अहिलेसम्म कमाएको प्रतिष्ठा सकिए पनि सकियोस् भनेर पार्टी खोलेँ
चितवन । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै भए पनि पार्टी खोलेर अगाडि बढेको बताएका छन् । उज्यालो नेपाल पार्टीको चितवन भेलालाई आज भरतपुरमा सम्बोधन गर्दै कुलमानले कतिपय मान्छेले आफूलाई राजनीति नगर्न सुझाव दिएको भए पनि राजनीति पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले राजनीतिमा होमिएको बताए । उनले विद्युत् […]
सिरियाको ७० ठाउँमा लक्ष्य गरेर अमेरिकाले गर्यो हमला
काठमाडौँ । अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएसआईएस)को क्याम्प, हतियार भण्डारण केन्द्रलाई लक्ष्य गरेर दर्जनौं स्थानमा हवाई हमला गरेको छ। हालै सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको बदला स्वरूप यो अमेरिकाले शुक्रबार झन्डै ७० ठाउँमा हमला गरेको हो। यसलाई ‘अरेसन हकवाइ’ नाम दिइएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। यस कारबाहीमा आईएसआईएससँग जोडिएका पूर्वाधार र […]











