यी ४ कारण देखाएर कांग्रेस संस्थापनले गर्‍यो गगन–विश्वप्रकाश र मन्सुरलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका दुई महामन्त्री र एक सहमहामन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको भन्दै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दिएका हुन्। […]

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशाेधन, राति ८ बजेदेखि मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन समितिका अनुसार बुधबार राति ८ बजेदेखि मतदान सुरु हुनेछ । केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुन: नामावली प्रकाशन गरिनेछ । यस्तै ५:३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय छ । उनका अनुसार ६ […]

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो । हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा […]

राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ । ५० लाख जनालाई म्यासेज पठाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । नेपाल टेलिकमको गेट वे […]

कुलमान घिसिङ भन्छन् : उज्यालो नेपाल पार्टीले कसैसँग एकता गर्दैन

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्। सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसको खण्डन गरेका हुन्। ‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो […]

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप लागेको थियो । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता […]

निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाराजगन्ज पुगेका छन् । व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास […]

पार्टी सभापति र प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि ल्याउँदैछौं : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि लागेर जाने बताएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको समापनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ। बलियो नेतृत्व लिएर आउँदैछ। राम्रो दृष्टिकोण लिएर आउँदैछ। […]

मन्त्रिपरिषद् बैठकका बिभिन्न निर्णयहरु सार्वजनिक

काठमाडौं । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय […]

सभापति, उपसभापति, महामन्त्री सहित सबै पदाधिकारीमा चुनाव हुने, तोकियो उम्मेदवारी शुल्क

काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको छ। विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता फारम वितरण सुरू भएको छ। पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ। सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस […]