निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौँ । निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो। सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार प्रेस ब्रिफिङमार्फत उक्त निर्णय सुनाएका हुन्। त्यस्तै, यस अवधिमा मृत्यु भएका सुरक्षाकर्मीको […]

काठमाडौंमा जडिबुटी व्यापारीको अपहरण, तीन जना पक्राउ

काठमाडौँ । काठमाडौंमा जडिबुटी व्यापारीको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५मा पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। एसपी रामेश्वर कार्कीका अनुसार बोहरा जडिबुटी व्यापारी हुन्। बोहरालाई अपहराण गरी केही दिन उक्त होटलमा बन्धक बनाएको […]

पर्वतारोहणमा फेक रेस्क्यू प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौँ । पर्वतारोहणमा गएका विदेशी नागरिकको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरेको हो। सन्दीपलाई प्रहरीले मंगलबार र राजेन्द्र बहादुरलाई बुधबार बिहान […]

टी-२० विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ। सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह ‘बी’ मा छ। दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ। सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो। […]

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ । यस्तै बीमा ऐन २०७९ […]

जेनजी परिषद् गठन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले जेनजी परिषद् गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको उनले बताए । त्यस्तै […]

मतदानको ७२ घण्टाअघि सीमानाका सिल गर्ने उच्चस्तरीय निर्वाचन सुरक्षा बैठकको निर्णय

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ । मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो । सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी निर्वाचन आयोगका एक जना […]

देशका विभिन्न भागमा कर्फ्यु लगाएर सरकारले मतदातामा त्रास फैलायो : एमाले

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएका […]

निर्वाचनमा बालबालिका प्रयोग नगर्न र शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनपूर्वको अनुगमनलाई देशैभर तीव्र पारिएको जानकारी दिएका हुन्। पछिल्लो समय दाङ, रौतहट र पर्सा लगायतका जिल्लाहरूमा राजनीतिक […]

एपस्टिन प्रकरणमा बेलायतका पूर्वराजदूत म्यान्डेलसन पक्राउ

एजेन्सी । बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसन पक्राउ परेका छन्। जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा उनको नाम पनि मुछिएपछि सोधपुछका लागि पूर्वराजदूत म्यान्डेलसनलाई सोमबार पक्राउ गरिएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार म्यान्डेलसन एपस्टिनबीच भएको संवादहरू सरकारले प्रहरीलाई उपलब्ध गराएको थियो। सोही अनुसार अनुसन्धानका लागि ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो। त्यतिबेला […]