काठमाडौं । आफ्नै मालिकबाट काठमाडौंका न्ह्योखामा भारतीय नागरिकको हत्या भएको खुलेको छ । भारतको पश्चिम बंगाल राज्य घर भएका ५४ वर्षीय सुब्रता पालको हत्यामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा उनी मालिक रहेको खुलेको हो । पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका–८ मात्रा गाउँका ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान […]
Author: ननस्टप संवाददाता
माओवादी अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बिचको अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने भएको छ । पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा पछिल्लो केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन नभएको विषयमा शर्माले असन्तुष्टि पोखेका थिए । आन्तरिक जनवादको विषयमा प्रचण्ड र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप भएपछि बुधबार बसेको […]
बागमतीमा ३ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ । बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन […]
आज देशका यी नदीमा छ आकस्मिक बाढीको जोखिम उच्च
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, […]
रसुवाको भोटेकोशी नदीमा भीषण भेलबाढी
रसुवा । रसुवाको भोटेकोशी नदीमा भीषण भेलबाढी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अन्सुआर बुधबार बिहान २ः१४ बजे भोटेकोशीको सतह एक्कासि बढेकोको हो । उनका अनुसार केरूङ खोलामा भेलबाढी आएको हो कि, दायाँतर्फको ल्हेन्दे खोलामा भेलबाढी आएको हो भन्ने यकिन भएको छैन। उक्त भेलबाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो विच्छेदित तुल्याइको छ। त्यहाँको बाटो कटान नै […]
रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा […]
राष्ट्रियसभा र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको […]
आज गण्डकीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज […]
१०-१२ दिनभित्र युक्रेनसँग युद्धविराम गर्न पुटिनलाई ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनसँग १०-१२ दिनभित्र युद्धविराम गर्न चेतावनी दिएका छन्। दुई साताअघि नेटोका महासचिव मार्क रूटसँग ह्वाइट हाउसमा भेटेपछि उनले पुटिनलाई युद्ध रोक्न ५० दिनको समयसीमा दिएका थिए। तर बेलायत भ्रमणका क्रममा स्कटल्याण्डमा रहेका ट्रम्पले सोमबार त्यसलाई घटाएका हुन्। बेलायती प्रधानमन्त्री कियर स्टार्मसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै […]
पार्टी गम्भीर सङ्कटबाट गुज्रिरहेकाे छ, पुनर्गठन गराैँ : प्रभाकर
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीबारे उठेको भ्रम र तथ्यहरूलाई गहिरो गरी बुझ्न आग्रह गरेका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले चार बुँदामा भ्रम र तथ्यहरू बुझ्न आग्रह गरेका हुन् । विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, साङ्गठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना […]











