प्रहरीले गाउँ घेराहालेपछि कैलालीमा प्रहरी र स्थानीयबीच झडप

धनगढी, ३० कार्तिक । कैलालीमा स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले गाउँलाई नै घेरा हालेर नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्न खोजेपछि स्थानीयले बिरोध गरेका थिए, त्यसपछि झडप भएको हो । गाउँलाई घेराबन्दी गरी स्थानीयका घरमा प्रवेश गर्दा जनताहरुले प्रतिकार गरेका थिए । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा […]

जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल

रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई […]

नेकपाको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढिरहेको छ : प्रकाण्ड

काठमाडौं, ३० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले केही सञ्चारमाध्यमले सुनियोजित रुपमा पार्टीका विरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै त्यसबारे भ्रममा नपर्न आग्रह गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै पार्टी महासचिव र प्रवक्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको भन्दै प्रकाशित गरिएको समाचार विल्कुलै झुट रहेको बताए । […]

एशियाकपकाे सेमिफाइनलमा नेपाल छनाैट हुँदा भारत बाहिरियाे

काठमाडाैं । मलेसियामा जारी यू-१९ एसियाकपमा भर्खरै सम्पन्न खेलमा बंगलादेशले भारतलार्इ पराजित गरेसँगै नेपाल प्रतियोगिताकाे सेमिफाइनलमा प्रबेश गरेको छ। समूह ए बाट बंगलादेश र नेपाल सेमिफाइनलमा प्रवेश गरेका हुन् भने भारत तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको छ। बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेसँगै नेपाल समूह ‘ए’ को उपविजेता बन्दै नेपाल पहिलोपटक सेमिफाइनलमा प्रबेश गरेको […]

२१ वर्षीय युवाले हानेका थिए गौचनलार्इ गोली, यसरी भएको थियो गौचनको हत्या

काठमाडाैं, २९ कार्तिक । राजधानीमा दिउसै गाेली हानी हत्या गरिएका व्यवसायी शरदकुमार गाैचनलार्इ गाेली हान्ने २१ वर्षीय युवक रहेेकाे खुलेकाे छ । साथै गाैचनलार्इ गाेली हान्नुअघि ढुंगा हानेर गाडी राेक्ने व्यक्ति पनि २२ वर्षीय युवक रहेकाे थाहा भएकाे छ । गाैचनलार्इ गाेली हान्ने र ढुंगा प्रहार गरेर गाडी राेक्ने दुबै व्यक्तिलार्इ प्रहरीले पक्राउ गरिसकेकाे छ […]

मागे जति पैसा नदिएकै कारण गाैचनकाे हत्या 

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्या मागेजति पैसा नदिएका कारण भएकाे खुलेकाे छ । हत्यामा सम्लग्न व्यक्तिहरु पक्राउ परेपछि प्रहरीले यसका सबै विवरण सार्वजनिक गरेकाे छ ।  गाैचनकाे हत्यामा सम्लग्न सुटरसहित सहयोगीहरु पक्राउ परे पनि हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको […]

बजारिया खाना नियन्त्रण नगरे नेपालमा मधुमेहको समस्या अझै बढ्ने

काठमाडौँ, २८ कात्तिक । मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूहअन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ । तिलगंगा आँखा अस्पतालका आँखा […]

जुम्ला आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

जुम्ला, २९ कार्तिक । यही कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा १७६ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो ।  आँखा अस्पताल, पोखराका मेडिकल निर्देशक डा […]

कांग्रेस नेतालाई भोट माग्न गएका राप्रपाका नेताको भिरबाट लडेर मृत्यु

खोटाङ, २८ कात्तिक । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी […]

४१ देशका बाल सुन्दरीहरुसँग भिड्न नेपालकी विशेषता ब्राजिलमा

काठमाडौं । ४१ देशका बाल सुन्दरीहरुकाे सहभागितामा हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा भाग लिन नेपालकी विशेषता बुढाथाेकी ब्राजिल जाँदैछिन । नेपालको प्रतिनिधित्व गर्दै बाल सुन्दरी बिशेषता बुढाथोकी ब्राजिलको साउपाउलो शहरमा आगामी ६ देखि १२ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगितामा जाने भएकी हुन् । उनी नेपालको पहिलो सहभागी हुनेछिन । यसअघि ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागी […]