भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद्मा सहसचिव बढुवाका लागि बढेको विवाद अझै पनि टुंगो लाग्न सकेको छैन । परिषद्ले तीन वर्ष अघि सहसचिव बढुवाका लागि गरेको विज्ञापनको नतिजा विवादका कारण अहिलेसम्म पनि टुंगो लाग्न नसकेको हो । आन्तरिक कार्य मुल्यांकनका आधारमा गर्ने भनिएको उक्त बढुवा विभिन्न आर्थिक चलखेलका कारण अहिलेसम्म अवरुद्ध भएको हो । सहसचिव […]
Author: Nonstop Khabar
काठमाडाैं विश्वविद्यालयमा पुनः तालाबन्दी
काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको प्रशासनिक कार्यालयमा पुनः तालाबन्दी गरिएको छ । विद्यार्थीलाई दिँदै आएको छात्रवृति पारदर्शी नभएको भन्दै विद्यार्थीले नै उक्त तालाबन्दी गरेका हुन् । छात्रवृतिमा पारदर्शीता हुनुपर्ने, दसैदेखि तिहारसम्मको एक मुष्ट विदा, एसडब्लुसीको चुनाव, खेलकुद सप्ताह आदि समेटेर विश्वविद्यालयले शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखेर अनेरास्ववियुले यो तालावन्दी गरेको हो […]
स्नातक प्रथम र पीसीएल दोस्रो वर्षको परीक्षा भदौ ९ गतेदेखि
काठमाडौँ । स्नातक तह प्रथम वर्ष र प्रविणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा आगामी भदौ ९ गतेदेखि हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सार्बजनिक गरेको परीक्षा तालिका २०७१ सालमा सञ्चालन गरिने स्नातक तह प्रथम वर्षमा प्रथम पटक परीक्षा दिने विद्यार्थीको नियमित तथा प्राइभेट अन्तर्गत मानवीकी, कानुन र शिक्षा शास्त्र संकायको परीक्षा […]
७४ झोले विद्यालयमाथि कारवाही
काठमाडौं । जिल्ला शिक्षा समिति महोत्तरीले जिल्लामा अवैध रुपमा रहेका ७४ वटा झोले विद्यालयलाई कारवाही गर्ने निर्णय गरेको छ । जिल्लाको अनुगमनमा पुगेको शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ती विद्यालय तत्काल बन्द गर्न भनेपछि शिक्षा समितिले निर्णय गरेको हो । यसअघि जिल्लामा ८६ वटा विद्यालय झोले विद्यालय भेटिएका थिए । त्यसमाथि छानविन […]
दलित विद्यार्थीहरु सम्मानित
काठमाडौं । नेपाल राष्ट्रिय दलित मुतिm मोर्चाको काठमाडौ जिल्लाले काठमाडौंका बिभिन्न विद्यालयबाट एसएलसीमा उतीर्ण दलित समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ । अनामनगरस्थित संवाद डवलीमा आयोजित सम्मान कार्यक्रममा सम्मान पाउने विद्यार्थीहरुले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने र भविष्यमा आफ्नो समुदायबारे काम गर्न हौसला बढ्ने बताएका छन् । मोर्चाले करिब तीन दर्जन विद्यार्थीलाई सम्मान गरेको छ । […]
छोरीलाई गर्भमै थुनछेक
भद्रपुर नगरपालिका– ९ की धनाढ्य घरानाकी एक बुहारी देवीमाया न्यौपानेले दुई छोरीपछि गएको असोज २५ गते तेस्रो सन्तानको रूपमा छोरो जन्माइन् । ‘अंश खाने र वंश बढाउने’ नाममा सासू र पतिले दिएको चर्को दबाबमा उनले भ्रुणको लिङ्ग पहिचान गरेर यसपटक छोरो जन्माएकी हुन् । त्यसअघि उनले लिङ्ग पहिचानमार्फत दुईपटक गर्भपतन गराउनुपरेको थियो । अनारमनी–४, बिर्तामोडकी […]
एसएलसी पुनर्योगमा १४१० उत्तीर्ण
काठमाडौं । गत जेठ २८ गते सार्वजनिक भएको एसएलसी परीक्षाको नतिजाप्रति असहमति जनाउँदै पुनर्योगका लागि आवेदन दिएका ९.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजामा सो देखिएको हो । जेठमा पहिलो नतिजा सार्वजनिक भएपछि त्यसको ३५ दिनभित्र नतिजामा चित्त नबुझे आवेदन दिन पनिकाले सूचना जारी गरेको थियो । सोही […]
रौतहटमै अब अमिन र भेटेनरी पढाई हुने
रौतहट – रौतहटको सदरमुकाम गौरमा अमिन र भेटेनरीको पढाइ सुरु भएको छ । शैक्षिक स्थिति कमजोर रहेको र प्राविधिक शिक्षातर्फ कमजोर रहेको जिल्लामा अमिन र जेटिए पढाइ सुरु भएपछि प्राविधिक जनशक्ति उत्पादनको आशा गरिएको छ । आइतबारबाट इन्स्टिच्यूट अफ टेकनिकल इजुकेशन गौर, रौतहट प्रा.लि. ले सो पढाई सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले […]
ग्राम्स्कीकाे चर्चित शैक्षिक लेखक- कस्तो शिक्षा ?
शास्त्रीय र व्यावसायिक विद्यालयहरुको विभाजनको एउटा तर्कसङ्गत सूत्र थियो– व्यावसायिक विद्यालय औजार चलाउने वर्गका लागि हो । शास्त्रीय शिक्षा प्रभुत्वशाली वर्ग र बुद्धिजीवीहरुका लागि हो । सहर तथा गाउँमा औद्योगिक आधारको विकास हुनुको मतलव थियो– नयाँ सहरी बुद्धिजीवीहरुको बढ्दो आवश्यकता । शास्त्रीय विद्यालयसँगसँगै प्राविधिक विद्यालय विकसित भयो । यसले सामान्य संस्कृतिको मानवीय कार्यक्रमको सिद्धान्त अर्थात् […]