रोल्पा–१ मा वर्षमान पुनको ह्याट्रिक, २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल

काठमाडौँ । रोल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता वर्षमान पुनले ह्याट्रिक गरेका छन् । यसपटक सहित उनले यो क्षेत्रमा लगातार तीन पटक जित्दै ह्याट्रिक गरेका हुन् ।

पुनले २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ को फराकिलो मतान्तरले पराजित गरेका छन् । वलीले १२ हजार ००८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बलराम थापा १० हजार ८९४मतका साथ तेस्रो स्थान हासिल गरे ।