अन्तिम ओभर सम्हाल्न नसक्दा नेपाल इंग्ल्यान्डसंग ४ रनले पराजित

मुम्बई । आइसीसी टि-२० विश्वकपको पहिलो खेलमा नेपालले शान्दार प्रदर्शन गरेपनि अन्तिम ओभर सम्हाल्न नसक्दा ४ रनको झिनो अन्तरले पराजित भएको छ ।नेपाल विश्वबिजेता इंग्ल्यान्डसंग झिनो रनले पराजित भएको हो । 

आइतबार मुम्बईको वनखडे रंगशालामा इङल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रनमै सीमित हुनपुग्दा जीतको अवसर गुमाउन बाध्य भयो ।

अन्तिम ओभरमा ५ बलमा १० रनको लक्ष भएपनि नेपालले ५ रन मात्र बनाउन सक्यो । यद्यपि नेपालले इंग्ल्यान्डलाई आच्छु आच्छु पारेको यो खेल हालसम्मकै रोमान्चक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत जनाएका छन् ।