कमेडियन अपूर्व क्षितिजले एक कम्र्दी सो मा नेवार समुदायलाइ होच्याएको र अपमान गरेको बिषयमा उनि विरुद्ध नेवाः समुदायले कानुनि कारवाही गर्नु पर्ने माग राखेका छन्  ।

नेवाः समुदायका अभियान्ताहरुले आज काठमाडौँ महानगरीय परिसरमा जाहेरी दिए पछी अपुर्वले सामाजिक संजाल मार्फत माफी मागे पोस्ट गरे पश्चात अभियानताले कानुनि कारवाही गरेरै छाड्ने अडानलाइ कायम राखेका हुन् ।

क्षितिजले नेवाः समुदायलाई लिएर गरेको हाँस्य प्रस्तुतीबाट नेवा: समुदायको आस्था माथि ठेस पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ । २४ घण्टा भित्र क्षितिजलाई पक्राउ नगरे भोलि आइबार विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने तयारि रहेको अभियान्ता यादवलाल कायेष्थले जानकारी दिएका छन् । कायेष्ठले भने ‘ कुनै पनि जाति धर्म , समुदायलाइ लक्षित् गरि अपमानित अभिव्यक्ति मान्य हुने छैन । यो दुब्य्बहार हो , उहाले आफुले गल्ति भयो , अध्यन भएन वा ग्यान भएन भनेर माफी माग्दैमा छोड्न सकिदैन । ’

अर्का अभियानता सैलेश शाक्यले भने ‘ बिगत विभिन्न समएमा नेवा : समुदाय प्रति गालि , दुर्ब्यबहार र अपमान गर्ने जस्ता किर्यकलाप हुदा सदासयता देखाइ क्षमा गरियो तर पटक पटक दोहरिने यस किसिमका गतिविधिलाइ कानुनी कारवाहीले नै पुनः देहारिन नदिने मैले ठानेको छु । ’
 
 
अपूर्व क्षितिजलाइ प्रहरीले आइतबार साँझ सम्म पक्राउ नगरे विभिन्न स्थानमा बिरोध सभा र्याली गर्ने  नेवा : समुदाय अगुवा तथा अभियानताहरु बताउ छन् । उनीहरुले आइतबार नै  जिल्ला अदालत काठमाडौँमा अपूर्व क्षितिज बिरुद्द गाली बेज्ज्ती , अपमान को मुद्दा दायर गर्ने तैयारी रहेको जानकारी दिएका छन् ।

आज सार्वजनिक विदा भएका कारण जाहेरी दर्ता नहुने भनिए पनि नेवाः अभियान्ताहरुको माग अनुसार प्रहरीले जाहेरी दर्ता गरेको अभियान्ताहरुले जानकारी दिए ।

नेवाः समुदायको आस्था, बोलीचाली, रहनसहन र खानाका परिकारलाई लिएर गरिएको मजाकले नेवा समुदायलाई आघात पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ ।

Loading...