एमालेको सचिवालय बैठक बस्दै

असार १९,काठमाडौं ।प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै
१९ असार काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन विषयमा छलफल हुनेछ ।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्ड लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो भने बाँकी अन्य पदाधिकारी चयन हुन सकेको छैन ।

Loading...