काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

असार १५,काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले महर्जनविरुद्ध पक्राउपुर्जी जारी गरेको हो । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ ।

अदालतले असार ६ गते महानगरीय प्रहरी वृत महाराजगञ्जलाई पत्र लेखि महर्जनसहित पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र  पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीसमेतलाई  पक्राउ गरी अदालतमा हाजिर गराउन भनेको छ ।काठमाडौँ जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा आरोपीहरु ३ जना लाई  पक्राउ गर्न भनिएको  छ । आरोपीहरुलाई उपस्थित गराउन नसकेमा ३५ दिने पक्राउ पुर्जी तामेल गरेर त्यसको जानकारी अदालतमा पठाउन प्रहरीलाई भनिएको छ ।

वडाध्यक्ष महर्जनले ज्येष्ट नागरिक महानगर प्रोत्साहन भत्ताबापत पाउनुपर्ने  रकम दुरुपयोग गर्ने मनसायले सरकारी कागज किर्ते गरेको बताइएको छ । 

Loading...