कुटपिट घटना संगै बिबादमा पुगेकी  स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वली लुम्बिनी प्रदेशको मुख्यमन्त्री निवासमा

असार १,दाङ ।  कुटपिट घटना संगै बिबादमा पुगेकी  स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री निवासमा राखिएको छ । उनलाई गएराति दाङ बाट बुटवल लगिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी पहराका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री कुलबहादुर केसीको निवासमा लगिएको हो ।

अहिले पनि विमला मुख्यमन्त्री निवासमै छन् । उनले आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।

Loading...