सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्यो

बैशाख ११, काठमाडौं । सुनको भाउमा प्रतितोला चारले गिरावट आएको छ ।  गएको शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको एक लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलाको १३ सय ६० रुपैयाँमा  स्थिर रहेको छ । 

 यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ४०० सयले घटेर तोलाको एक लाख रुपैयाँ कायम भएको छ ।

 

Loading...