भारत, उत्तर प्रदेशमा नेपाल बौद्ध परियत्ति शिक्षा शुरु

भारत, उत्तर प्रदेशको संकस्स नगर स्थित असोकाराम विहारमा नेपाल बौद्ध परियत्ति शिक्षा शुरु भएको छ ।संकस्स नगर बौद्ध परियत्ति शिक्षा केन्द्र स्थापना गरेर अखिल नेपाल भिक्षु महासंघले नेपाली पाठक्रम लागु गर्दै परियत्ति शिक्षा सञ्चालन ल्याएको हो।

नेपाल बौद्ध परियत्ति पाठ्यक्रमको पठनपाठन भारतमा शुरुहुनु बौद्ध शिक्षाको उत्थानका लागि ऐतिहासिक कदमको रुपमा स्थापित भएको। यसले नेपाल र भारत दुई देशबीचको बौद्ध शासन र शिक्षामा नयाँ आयाम थपेको छ। भारतमा हिन्दी भाषाबाट पढाई हुने भएकोले नेपाली बौद्ध परियत्ति शिक्षाको पाठक्रम हिन्दीमा अनुवाद गरिएको छ।

Loading...