नर्थ म्यासेडोनियालाई पराजित गर्दैै पर्चुगल विश्वकपमा छनोट

काठमाडौं । नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको छ । विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा हुने विश्वकपमा छनोट भएको छ ।

विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट भएको हो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले गरे ।खेलको ३२ र ६५ औं मिनेटमा फर्नान्डेजले गोल गरेका हुन् ।

यो जितसँगै पोर्चुगल लगातार छैटौं पटक विश्वकपमा छनोट भएको हो ।

Loading...