नेपालबाट ब्रिटिस क्याम्प हटाउन माग

पोखरा –
गोर्खा सैनिकहरुको अधिकारको लागि लडाइँ लडेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले नेपालबाट ब्रिटिस क्याम्प हटाउन माग गरेका छन् ।

यही मागसहित रिट लिएर गएका गुरुङको निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । नेपाली भूमिमा ब्रिटिसले सैनिक शासक राखेर नेपालीलाई बहु–राष्ट्रिय सेनामा पठाएर विश्वमा मानव व्यापार गरिरहेको भन्दै गुरुङले नेपालबाट ब्रिटिस सैनिक क्याम्प हटाउनुपर्ने माग गरेका छन् ।

‘ब्रिटिस सेनाका नेपालीहरुलाई विश्वमा नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मित्र राष्ट्रहरु विरुद्ध युद्ध लडाएर नेपालको असंलग्न परराष्ट्र नीतिको धज्जी उडाइ दिएका गुरुङको जिकीर छ ।

Loading...