हरिसिद्धि चापागाउँ धुलाम्य ,सडक मर्मत नहुदा स्थानीयले गरे सडक बन्द

चैत११ ,काठमाण्डाै –  ललितपुरको हरिसिद्धि बात चापागाउँ जोड्ने सडक मर्मतको माग राख्दै स्थानीयले सडक अवरुद्द गरेका छन् । सडक नबन्दा स्थानीय बासिन्दाको पटक पटक  अवरोध गर्दै आएका स्थानीयले  दिभर धुलोले  सास्ती भोगेका उनीहरुले पुनः  सडक अवरुद्ध गरेका हुन्  । सडक अवरोधका कारण  सातदोबाटोबाट हरिसिद्धि हुँदै गोदावरी जाने गाडी प्रभावित भएका छन् ।

यो सडक खण्ड भएर चल्ने गाडीलाई हरिसिद्धि अस्पताल र सानागाउँ तर्फबाट आउने–जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसैगरी गोदावरीबाट आउने गाडीलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने–जाने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, काठमाण्डौको जोरपाटी–थली सडक खण्ड फेरि बन्द भएको छ ।

बिहान केहीबेर गाडी चले पनि स्थानीय बासिन्दाले फेरि बन्द गराएका प्रहरीले जनाएको छ । हिजो पनि यो सडक खण्ड बन्द थियो । यस्तै, सडक कालोपत्र  गर्न माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण सातदोबाटो–चापागाउँ सडक खण्डमा आज पनि डाइभर्सन छ ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी डाइभर्सन गरिएको हो । यो समयमा सातदोबाटो–चापागाउँ चल्ने गाडीलाई धापाखेल–सुमेरु अस्पताल र सातदोबाटोबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

Loading...