काठमाडौँको सडक, चोक गल्लीमा फोहरको डङ्गुर ,कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर सडकमा ननिकाल्न महानगरको अनुरोध

चैत २,काठमाडौँ –  काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फोहोरको डङ्गुर नै लागेको छ ।

फोहोर थुपार्दै आएको सिस्डोलका बासिन्दाले सडक कालोपत्रे, जोखियमुक्त बस्ती स्थानान्तरण लगायतका माग राखेर फोहोर बोकेका गाडी रोकेका हुन् । आन्दोलनरतपक्ष र काठमाण्डौ महानगरपालिकाबीच हिजो भएको छलफलपछि फोहोर उठाउन थालेको र हिजो ७० ट्रक फोहोर सिस्डोल पुर्याएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता इश्वरमान् डङ्गोलले बताउनुभयो ।

सिस्डोलबासीको समस्या समाधानको लागि काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अध्ययन टोली बनाउने सहमती भएको र अध्ययन टोलीको सुझावका आधारमा समस्या समाधान गर्ने प्रवक्ता डङ्गोलले बताउनुभयो । तर काठमाण्डौका सबै ठाउँको फोहोर उठाइसक्न झण्डै एक हप्ता लाग्ने पनि उहाँले बताउनुभयो ।