एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउदै

                                                                                     फाइल फोटो –

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रुपैयाँ दरको सिक्का भोलि बुधबारदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहेको छ । नयाँ सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।

सिक्काको बीच भागमा सात प्रदेश खुल्ने गरिएको नेपालको नक्सा र नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमताका व्यक्तिहरुका लागि स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने एउटा मोटो थोप्ला रहेको छ ।

सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसट्ठी वटा थोप्लाहरु रहेको छ भने आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको छ।

सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

 

Loading...