‘बगान’ निर्देशन गर्दै सरोज खनाल

काठमाडौ, ७ फागुन । अभिनेता सरोज खनाल पनि फिल्म निर्देशकको रुपमा देखिने भएका छन् । उनी फिल्म ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् ।

फिल्मको अहिले छायांकन भइरहेको छ । करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने फिल्ममा उनी पनि देखिँदैछन् । फिल्म सुरेश वाग्लेसँगको सहकार्य गरेर सरोज आफैंले निर्माण गरिरहेको हुन् ।

यस अगाडि केही म्युजिक भिडियो र सर्ट फिल्म निर्माण गरेका सरोजको फिचर फिल्म निर्देशन भने यो पहिलो हो ।

सामाजिक विषयवस्तुको कथामा निर्माण थालिएको फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिेस्टिभलमा सहभागी गराउने उद्देश्यले बनाउन लागेको निर्देशक सरोज खनालले बताए ।

गौरीशंकर धुजूको छायांकन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत छ ।

Loading...