रेखाको बिहेमा खुशी हुँदै छविले पठाए यस्तो सन्देश

काठमाडौ, ५ फागुन । अभिनेत्री रेखा थापाले केही समय अघि दोस्रो विवाह गरिन्।

नेपाली फिल्म उद्योगका बाघ निर्माता भनेर चिनिएका छविराज ओझासँग पहिलो विवाह गरेकी रेखा १० वर्षदेखि यही उद्योगमा एक्लै राज गर्दैै आएकी थिइन्।

छविले भने रेखासँगको पारपाचुकेपछि अर्की अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरेर पनि सम्बन्ध बिगारिसके।

छविसँगको पारपाचुकेपछि एक्लै बस्दै आएकी रेखाले आफ्ना प्रेमी बलराम शाही ठकुरीसँग कानुनी विवाह गरिन्।

रेखाको विवाहको खबर सार्वजनिक भएसँगै छविले खुशी व्यक्त गरेका छन्। उनले रेखाले आफूले चाहेको जस्तो जीवन साथी पाएको भन्दै छविले बधाई दिएका छन्।

केही समयदेखि फिल्म क्षेत्रभन्दा बाहिरको मानिससँग विवाह गर्न चाहेको बताउँदै आएकी रेखाका श्रीमान् अमेरिकामा व्यवसाय गर्दै आएका छन्।

Loading...