आयल निगमको प्रक्षेपण : मासिक घाटा पौने ५ अर्ब

काठमाडौं, ५ फागुन । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक महिनामा ४ अर्ब ८२ करोड रुपैयाँ भन्दा धेरै नोक्सानी हुने देखिएको छ,’ प्रवक्ता उपाध्ययले भने ।

नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको लागत बढेको छ । आईओसीबाट निगमको खरिद मूल्य प्रतिलिटर पेट्रोलमा १६१ रुपैयाँ ०५ पैसा, डिजेलमा १४० रुपैयाँ ४८ पैसा र खाना पकाउने ग्याँस एक सिलिण्डरमा २ हजार १३५।७४ पैसा पुगेको निगमले जनाएको छ । जसमा, माघ १८ गतेको मूल्य समायोजन पछि उपभोक्ता मूल्य भन्दा पेट्रोल लिटरमा १९ रुपैयाँ ०५ पैसा, डिजेलमा डिजेलमा १५ रुपैयाँ ४८ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ५६० रुपैयाँ ७५ पैसा नोक्सानी रहेको निगमको दाबी छ ।

समग्रमा पेट्रोलमा १५ दिनमा ५४ करोड ४४ लाख, डिजेलमा १ अर्ब १३ करोड ४७ लाख र खाना पकाउने ग्याँसमा एक अर्ब ६४ करोड ४७ लाख घाटाको अनुमान गरिएको निगमले जनाएको छ ।

Loading...