अजितको ‘वलिमै’ नेपालमा रिलिज हुने पक्का

काठमाडौं, ५ फागुन । नेपालमा साउथका चलचित्रको बजार विस्तार हुन थालेको छ । चलचित्र ‘पुष्पा’पछि धमाधम नेपालमा साउथका चलचित्रहरु रिलिज हुन थालेका छन् । पुष्पापछि रवि तेजाको ‘खिलाडी’ नामक चलचित्र नेपालमा रिलिज भयो । अब साउथका अर्का सुपरस्टार अजित कुमारको ‘वलिमै’ पनि नेपालमा रिलिज हुने पक्का भएको छ ।

यो चलचित्रलाई नेपालमा निरज पौडेल र मनोज राठीको टिमले नेपाल भित्र्याउने पक्का गरेको हो । यो चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रको ट्रेलरले दर्शकको मन जितेको छ ।

नेपालमा ‘पुष्पा’ नामक चलचित्र बम्पर चलेपनि ‘खिलाडी’ले भने खासै राम्रो व्यापार गर्न सकेन । अजितका चलचित्रले युट्युबमा दर्शकको राम्रो साथ पाएकाले पनि ‘वलिमै’ चल्ने विश्वास नेपाली वितरकको छ । यो चलचित्र फ्रेबुअरी २५ तारिखबाट नेपालमा रिलिज हुने वितरकले जानकारी दिएका छन् ।

चलचित्रको निर्माण कम्पनी जी स्टुडियोले पनि नेपालमा चलचित्र रिलिज हुन लागेको पक्का गरेको छ ।

Loading...