बालबालिकाका लागि उपयोगी ‘हनुमानको करामत’ चित्रकथा सार्वजनिक

फागुन ५ , काठमाडौं । बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारीत रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझिने गरि सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ । ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँ पढुँ लाग्ने गरि कथा प्रस्तुत गरिएको छ । कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ । राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । कथा कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिने कथाकार रसिकको भनाई छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र राम विच भएका गतिविधिको चित्रण गरिएको छ । ऐतिहासिक साँस्कृतिक कथा भएकाले बालबालिकाले चित्र कथा हेरेर र पढेर भरपुर रमाइलो मात्र गर्नेल छैनन् उनीहरुले कथाभित्रै परापुर्वकालका घटनाहरुको ज्ञान समेत राख्न सक्ने छन् । इर्टनल प्रकाशन प्रा.लि.ले पकाशन गरेको उक्त कृतिको आवरण चर्चित चित्रकार प्रज्वल थापाको रहेको छ । विद्यालयका विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको इर्टनल प्रकाशन प्रालिले जनाएको छ । पुस्तकको मूल्य रु १५५ रुपैयाँ रहेको छ । रंगीन चित्रहरुले चित्रकथा आकर्षक देखिएको छ । हनुमानको करामत’ रसिकको १३ औं कृति हो । यसअघि बाल साहित्यका कृतिहरुमा एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२) हावा फल्ने रुख (बालचित्र कथा–२०७३) एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४) बेलबहादुरसँग विहे ( चित्रकथा –२०७७) गुलेली (बालकथा सङ्ग्रह) २०७७ प्रकाशित छन् । बालकथा बाहेक उपन्यास, गीत, गजल। कविता लगायत विविध विधामा ससक्त कलम चलाउँदै आएका रसिकका काफिया (गजल सङ्ग्रह–२०७३), लज्जावती (उपन्यास –२०७३), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६ ) र पव्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक– २०७७) लगायत प्रकाशित छन् ।

 

 

Loading...