रेल सेवा सञ्चालन गर्न २१ करोड रुपियाँ दिने

माघ २८ ,काठमाडौँ  । सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । अर्थ मन्त्रालयले  सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता भएको नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले जानकारी दिनुभयो ।

 रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपालले करिब ३५ करोड रुपियाँ तिर्नुपर्ने   रकममध्ये केही सो कम्पनीलाई भुक्तानी गरेर तत्काल काम अगाडि बढाइने भएको छ  ।

 महानिर्देशक झाले रकमको स्रोत सुनिश्चित भएसँगै रेलवे कम्पनीले भारतबाट ल्याइएको दुईवटा रेलको फागुन १ गतेबाट नियमित परीक्षण गर्ने तयारीमा जुटेको र रेल सेवा सञ्चालनमा कुनै बाधा अवरोध छैन नभएको  स्पष्ट पार्नुभयो ।

को अहिलेको अवस्था थाहा पाउन नियमित परीक्षण गर्न लागिएको बताउँदै उहाँले ती रेललाई व्यावसायिक रूपमा सञ्चालन गर्ने अवस्था छ/छैन भन्ने अवस्था यकिन गर्न एक/दुई दिन परीक्षण गरेर हुँदैन । डेढ हप्तासम्म जनकपुरदेखि भारतको जयनगरसम्म चलाएर परीक्षण गर्नुपर्ने उहाँले जानकारी दिनुभयो करिब १६ महिनादेखि थन्केर बसेका दुईवटै सेट रेल।

करिब १६ महिनादेखि थन्केर बसेका दुईवटै सेट रेल  २०७७ असोज २ गते भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडबाट ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको हो ।  संचालनमा आउन नसकेको उक्त रेल अहिले धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवाको स्टेसनमा सशस्त्र प्रहरी बलको निगरानीमा पार्किङ गरी राखिएका छन् ।

 

Loading...