फिल्मको प्रमोसनमा अनन्यालाई जाडो भएपछि सिद्धान्तले लगाइदिए आफ्नो ज्याकेट

काठमाडौं, १५ माघ । दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित बलिउड चलचित्र ‘गहराइयाँ’ आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।

यो चलचित्रको प्रचारका लागि अब धेरै समय बाँकी छन् । जसका कारण यो चलचित्रका मुख्य कलाकारहरु प्रमोसनमा जोडतोडले लागिपरेका छन् ।

शकुन बत्राको निर्देशनमा बनेको ‘गहराइयाँ’को प्रमोसनको एक भिडियो बाहिरिएको छ, जुन अहिले भाइरल भइरहेको छ । हालै यो चलचित्रको प्रमोसनको सिलसिलामा दीपिका, सिद्धान्त र अनन्या मुम्बईको ताज ल्याण्ड्स एण्ड होटलमा प्रवेश गरे ।

चिसो मौसममा शरीरमा निकै कम पहिरन लगाएर पुगेका दीपिका र अनन्याले चलचित्रको राम्रै प्रमोसन गरे । प्रमोसनपछि फोटो सुट गरिरहेका बेला क्रप टप र प्लाजो पहिरिएकी अनन्यालाई चिसोले चुनौती दिएपछि उनले निकै जाडो महसुस गरिन् । उनले जाडो भएको महसुस गरेपछि अभिनेता सिद्धान्तले आफूले लगाइरहेको ज्याकेट फुकालेर लगाइदिए ।

यो दृश्य हेरिरहेका अन्य व्यक्तिहरुले फिल्मी सिन रियलमा देखिएको भन्दै रमाइलो माने । सिद्धान्तले आफ्नो ज्याकेट लगाइदिँदा अनन्या पनि निकै खुशी देखिएकी थिइन् ।

Loading...