‘बले’को टिममा नयाँ ट्विनी गर्ल्स

काठमाडौं, १५ माघ । हास्य कलाकार तथा मोडल सागर लम्सालले आफ्नो टिममा ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकाललाई भित्र्याएका छन् । उनले शुक्रबार सार्वजनिक भएको नयाँ गीत ‘मायाको भोको’मा यी दुई मोडललाई अभिनय गराएका छन् ।

यसअघि सागरको टिममा प्रिज्मा र प्रिन्सी खतिवडाले काम गर्दै आएका थिए । तर प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले स्मारिका र समारिकासँग सहकार्य गरेका हुन् । सागरले आफूलाई ट्विन्स नै फाप्ने गरेको बताउने गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा पनि सागरले प्रिज्मा र प्रिन्सीको प्रश्नको सामना गर्नुपर्‍यो । उनलाई प्रिज्मा र प्रिन्सीसँग अब सहकार्य नगर्ने हो भनेर प्रश्न सोझियो । जसमा उनले भने, ‘हिजोका दिनमा केही भिडियो प्रिज्मा र प्रिन्सीसँग गर्दा अरुलाई नलिने हो भनेर प्रश्न आउने गरेको थियो । अहिले नयाँ टिमसँग काम गर्दा पनि प्रिज्मा र प्रिन्सी खोइ भनेर प्रश्न आउने गरेको छ ।’

प्रिज्मा र प्रिन्सी बाहिरिएर तपाईंहरु भित्रिँदा मिडियामा गसिप बन्छ भन्ने कुरालाई याद गर्नु भएको थियो कि थिएन भन्ने प्रश्नमा स्मारिकाले भनिन्, ‘हेर्नुहोस्, हामी कलाकार हौं । हामीलाई काम आएको बेलामा टिम र गीत हेरेर काम गर्ने हो । हामीले कामबाट नै आफ्नो क्षमता देखाउने हो ।’

सागरले एउटा ट्विन्स आउट भएर अर्को ट्विन्स इन भएको भनेर बुझ्न नहुने तर्क गरे ।

Loading...