स्टारडम फर्काउने प्रयासमा आर्यन

 

काठमाडौं, १४ माघ । एकपटक खस्किएको स्टारडम उकास्न कति गाह्रो पर्दोरहेछ भन्ने अनुभव अभिनेता आर्यन सिग्देलले राम्रैसँग लिएको हुनुपर्छ । एकदशक अगाडि चलचित्र क्षेत्रमा राज गरेका यी चकलेटी हिरो पछिल्लो समय आफ्नो गुमेको स्टारडम फर्काउन लागिपरेका छन् ।

म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका आर्यन स्टार बनेपछि भने भिडियोमा देखिने मन गरेनन् । त्यसबेला चलचित्रकै काममा उनलाई भ्याइनभ्याइ थियो ।

तर लकडाउनयता भने आर्यन धमाधम म्युजिक भिडियोमा काम गरिरहेका छन् । आर्यनले अफर आएका अधिकांश भिडियोमा काम गरेको देखिन्छ । तर उनले अभिनय गरेका भिडियोलाई भ्युजको भने खडेरी नै लाग्ने गरेको छ । आर्यनले काम गरेपनि भिडियोले गतिलो प्रतिक्रिया नपाउनु निर्माता र उनका लागि पनि चिन्ताको विषय बनेको छ । तर पनि आर्यनलाई लिएर भिडियोमा लगानी गर्दा भने मेकरले सफलता नै मान्ने गरेका छन् ।

चलचित्रको लाइनअपमा पनि आर्यन अगाडि छन् । ‘डिसेम्बर फल्स’को काम सकेका आर्यन ‘मिरर’को तयारीमा छन् । उनले मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा पनि साइन गरिसकेका छन् ।

Loading...