प्रियंकालाई तसलिमाको प्रश्न : रेडिमेड बेबीको कस्तो महसुस हुँदैछ ?

काठमाडौं, १० माघ । बलिउड अभिनेत्री प्रियंका चोपडा सेरोगेसी मार्फत आमा बनिन्। प्रियंकाको यो खुशीमा धेरैले बधाई दिइरहेका छन्। उनका धेरै प्रसंशक उनीसँगै खुशी भैरहेका छन्। मनाइरहेका छन्।

कतिपयले भने उनीमाथि प्रश्न पनि उठाउन सुरु गरेका छन्। भारतीय चर्चित लेखिका तसलिमा नसरिन पनि प्रियंकाको यो खुशीमा खुशी हुन सकिनन्। उनले सामाजिक सञ्जाल मार्फत सेरोगेसी मार्फत जन्मिने बच्चालाई ‘रेडिमेड बेबी’ भनेर सम्बोधन गरेकी छिन्।

तसलिमाले सेरोगेसीबाट आमा बनेकी प्रियंकाले कस्तो महसुस गरिरहेकी होलान् भनेर प्रश्न गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘रेडिमेट बेबी पाउने आमाले कस्तो महसुस गरिरहेकी होलान्?’ उनले अगाडि थपेकी छिन् ‘उनलाई आफ्नो बच्चाप्रति त्यस्तै महसुस हुन्छ जुन एक आमाले आफ्नो बच्चा जन्माएपछि गर्छन्?’

Loading...