भिड्दै छन् रामचरण–एनटिआर, अक्षय कुमार र रणवीर कपुर!

काठमाडौ, १० माघ । बलिउड बक्स अफिसमा फिल्महरू जुध्नु सामान्य हो। झन् कोरोना महामारीका कारण हलहरू बन्द भएपछि फिल्महरूको रिलिज मिति सरेको सर्‍यै छ।

यस्तोमा फिल्महरू थुप्रिँदै गएका छन्। मिति सार्दै गए पनि धेरै समय फिल्म रोकिराख्दा व्यवसायमा असर पर्ने देखिएर अर्को फिल्मसँग भिड्नुपर्ने बाध्यता हुन्छ।

बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने सम्भावना रहेका दुई ठूला फिल्म जुध्नु फिल्म उद्योगमा राम्रो मानिँदैन। तर अहिले बलिउड फिल्महरूलाई यही समस्या परेको छ।

हेर्नुहोस् यसपालि कुन कुन फिल्म जुध्ने सम्भावना छः

बच्चन पान्डे– शमशेरा–आरआरआर

यो वर्ष सबभन्दा ठूलो भिडन्तमा पर्ने सम्भावना रहेका फिल्म हुन् अक्षय कुमारको ‘बच्चन पान्डे’, रनवीर कपुरको ‘शमशेरा’ र रामचरण–एनटिआरको ‘आरआरआर’।

अक्षय कुमार पछिल्लो समय बलिउडका ुहिट(मेसिनु रूपमा चिनिएका छन्। उनका पछिल्ला सबैजसो फिल्म बक्स अफिसमा हिट भएका छन्। प्रशंसकहरू उनको आगामी फिल्म बच्चन पान्डेको प्रतीक्षामा छन्। यसले पनि राम्रो सफलता पाउने आशा गरिएको छ।

त्यस्तै रणवीर कपुर पनि लामो समयपछि शमशेरामा देखिँदैछन्। रणवीरका लागि नयाँ भूमिका रहेको यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान छ।

तर यी दुवै फिल्मलाई सजिलो छैन। किनकी यिनको भिडन्त बहुप्रतिक्षित तथा भारतकै सबभन्दा महँगो फिल्म आरआरआरसँग हुनेस सम्भावना छ। मूल रूपमा तेलेगू भाषाको भए पनि अन्य भारतीय भाषामा पनि बन्ने एसएस राजामौलीको यो फिल्मले पूरै भारतका दर्शक तान्नेमा शंका छैन।

हालसम्मको फिल्महरूले घोषणा गरेको मितिअनुसार यी सबै आगामी मार्च १८ मा रिलिज हुँदैछन्।

आरआरआरले अक्षय र रणवीर जस्ता ठूला अभिनेताका फिल्मलाई त चुनौती दिने नै छ, यसबाहेक अरू फिल्मलाई पनि मुश्किल पार्ने सम्भावना छ।

यसलगत्तै रिलिज हुने भनिएका टाइगर श्रफको ‘हिरोपन्थी २’ र अजय देवगनको ‘रनवे ३४’ लाई पनि यसले प्रभाव पार्न सक्नेछ।

लालसिंह चड्डा र केजिएफ च्याप्टर २

आमिर खानको नयाँ फिल्म लालसिंह चड्डा आगामी १४ अप्रिलमा रिलिज हुने भनिएको छ। हलिउड फिल्म ‘फरेस्ट गम्प’ बाट प्रेरित यो फिल्म पनि दक्षिण भारतीय फिल्मसँगै भिड्ने देखिएको छ।

मूल रूपमा कन्नड भाषामा बनेको केजिएफ च्याप्टर २ पनि यही दिन रिलिज हुँदैछ। केजिएफको पहिलो भागको सफलता र यसका मुख्य अभिनेता यशको ‘क्रेज’ हेर्दा आमिरलाई धेरै नै चुनौती हुने देखिएको छ।

यसबाहेक प्रभासको ‘आदिपुरुष’ र अक्षय कुमारकै ‘रक्षा बन्धन’ पनि एकै दिन, अर्थात् ११ अगस्टमा सार्वजनिक हुने भनिएको छ। बक्स अफिसमा कसको तहल्का बढी हुन्छ, त्यो त फिल्म रिलिज भएपछि नै थाहा हुनेछ।

त्यस्तै टाइगर श्रफ र कीर्ति सनोनको ‘गनपथ’ र कटरिना कैफ र विजय सेथुपतिको ‘मेरी क्रिसमस’ पनि एक दिन रिलिज हुने भनिएको छ।

Loading...