कान्तिपुर इन्टरनेशनल कलेजको विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेपबारे राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण

माघ ५ , काठमाडौँ । कान्तिपुर इन्टरनेशनल कलेजकाले गरेको  विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेपबारे राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ । पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बीए एलएलबी चौथो वर्षको परीक्षा अनलानिइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौँको बुद्ध नगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।    उक्त घटनाको सम्बन्धमा आयोगले आज विज्ञप्ति निकाली संवेदीनशील बन्न आग्रह गर्दै टोलीले अनुगमन गरेको  छ ।

विद्यार्थीको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा एक विद्यार्थी घाइते भएको र ११ जनालाई नियन्त्रणमा लिइएको छ  ।अनुगमनको क्रममा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनको क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएको बुझिएको आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हाल चलिरहेको परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने माग विद्यार्थीले राखेको अनुगमनबाट पाइएको जनाएको छ ।

Loading...