बुङ्गमती मच्छिन्द्रबहाल अगाडी सिंहलाइ आधा गढ़िएको कारण यस्तो छ –

 

मंसिर ५ , काठमाडौँ। ललितपुर स्थित  बुङ्गमती मच्छिन्द्रबहालको उत्तरी ढोकाबाट बाहिर झर्ने बित्तिकै एउटा पाषाणको सिंह गाडिएको अवस्थामा पाउँछौं, किन त्यसरी राखिएको भनेर प्राय मान्छेहरुले उत्साहित भएर सोध्ने गर्छन् । स्थानीय ज्येष्ठ नागरिकहरुलाई सोध्दा यसो भन्नदा रहेछन् ।
पहिला बुङ्गमतीमा तीनवटा सिंह थियो रे । दुईवटा सिंहले मच्छिन्द्रबहालको संरक्षण गर्दथ्यो, एउटा सिंह भने वरिपरि घुमेर मान्छेको घरअाँगन चहार्दै दिनचर्या बिताउने गर्दथ्यो । त्यो सिंहसँग तन्त्र शक्ति थियो र अरुलाई रोगव्याधी लगाउन सक्दथ्यो । एकपल्ट बुङ्गमतीमा ‘ पेट दुख्ने ‘ महामारी फैलियो । वैद्यकहाँ गएर पनि किन रोग लागेको हो पत्ता लगाउन सकेनन् । मान्छेहरु बुङ्गमतीकै एक तान्त्रिक कहाँ गए र तान्त्रिकले अाफ्नो विद्याको बलबाट त्यसरी रोग लाग्नु पछाडि त्यो सिंहको दोष रहेको पत्ता लगाए जो यतायता चहार्दै मान्छेहरुले धुम्प्वाचा ( फोहोर पानी बग्ने प्वाल) सफा नगरेकोले रिसाएर बसेका थिए । त्यसपछि मान्छेहरु घरअाँगन, धुम्प्वाचा सफा राख्न थाले र त्यो सिंह फेरी रिसाउने होकि भनेर सबै मिलेर समातेर यता उता चहार्न नमिल्ने गरी जमिनमुनि गाडी दिए । त्यसपछि पेट दुख्ने महामारी रोग निको भयो ।


बुङ्गमतीमा अहिले पनि कसैलाई पेट दुखेको छ भने पहिला त्यो गाडिएको सिंह तिर गएर खाना राख्न ( बउ तवनेगु ) जाने चलन रहेको छ भने पुनाहैम्ह सिंह (रोग सार्ने सिंह) भनेर यससँग सतर्क रहेर बस्ने गर्दछन् । कथाले जे भने पनि यसले अाफ्नो घर अाँगन सफा राख्नुपर्छ भन्ने सन्देश दिन्छ ।

 

 

Mysterious Vlley – nepal बात 

Loading...