ललितपुर महानगर पालिकाले महानगर भित्र जथाभावी सवारी साधन पार्किङ गरिए कारवाही गर्ने

माघ ३,काठमाडौँ।

ललितपुर महानगर पालिकाले महानगर भित्र जथाभावी पार्किङ गरिएका सवारी साधनलाइ कारवाही गर्ने भएको छ। पैदल यात्रुलाइ हिँड्नै असहज हुने गरी सहर कुरूप बनाएकोले त्यसलाई नियन्त्रण गर्न यस्तो अभियान सुरू गरिएको नगर प्रमुख चिरीबाबु महर्जन बताउनु हुन्छ।
अनधिकृत पार्किङको जरीवाना गर्ने अधिकार महानगरपालिकालाई हुने भन्दै महर्जनले आफूहरूले ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरी लगाएर कारबाही र सचेतना प्रक्रियालाई तीव्रता दिएको बताउनु भयो ।

नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ललितपुर महानगर भित्रका सबै क्षेत्रको फुटपाथ र नो पार्किङ राखिएका स्थानमा पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ गर्ने र जरीवाना तिराएर मात्र छोड्ने गर्दै आएको छ।

नगर प्रहरी प्रमुख सिताराम हाथेछुले पार्किङ निषेध क्षेत्र र फुटपाथमा पार्किङ गरी पैदल यात्रु र अन्य सवारीलाई असर गरेका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारीलाई कारबाही प्रक्रिया अगाडि बढाएका बताउनु भयो।

जथाभावी पार्किङ गरेर छोडेका सवारी साधनलाई कारबाही स्वरूप ‘ह्वील लक’ गर्ने र सवारीमा ‘निषेधित क्षेत्रमा सवारी पार्क गरिरहेकाले तपाईंको सवारी लक गरिएको छ’ भनेर सूचनासमेत दिने गरेको छ।

महानगरपालिका अनुसार हालसम्म १५ सय भन्दा बढी मोटरसाइकल र ७९ वटा चार पाङ्ग्रे सवारीलाई जरीवाना गराएको छ।

 

यसै गरि महानगरपालिकाले सडकमा बिग्रिएर सडक जाम हुने गरि बसेका सवारीलाई सो स्थान बाट तत्काल हटाएर ग्यारेजसम्म पुर्‍याइदिने र्याकरको सेवा सुरु गरेको छ।

महानगरपालिकाले हालै दुई वटा अत्याधुनिक गाडी उठाउने सवारीमार्फत लामो समयदेखि सडकमै बिग्रिएर बसेका र दुर्घटनामा परि गुड्न नसक्ने भएका सवारीलाई उठाएर सम्बन्धित स्थानमा पुर्‍याइदिने भएको हो।

उनले यदि कसैको गाडी बिच बाटोमै बिग्रिएर गुड्न नसक्ने भएमा महानगरलाई सम्झनसमेत आग्रह गर्नु भयो ।

 

Loading...