अमेरिकामा चमेरोले लियो ५ को ज्यान

काठमाडौ, २७ पुस । अमेरिकामा कोरोना संकटकाबीच अब चमेरोका कारण ५ को ज्यान गएको छ । अमेरिकाका प्रमुख चिकित्सा संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० ले यो चेतावनी जारी गरेको हो । यी पाँचको मृयु गत वर्ष रेबिजका कारण भएको हो । रेबिजको बिरामी अमेरिकामा समाप्त भइसकेको थियो। । वर्षमा करिब २ देखि ३ घटना मात्रै यो रोगसँग जोडिएका छन् । तर कसैको पनि मृत्यु हुने गरेको थिएन । तर तपाईको मनमा सवाल खडा हुन सक्छ कि रेबिजको बिमारी कुकुरले टोक्नाले हुन्छ , तर यसको चमेरोसँग के सम्बन्ध रु

सीडीसीको रिपोर्ट अनुसार गत वर्ष ५ मानिसको मृत्यु रेबिजबाट भएको थियो । ३ को मृत्यु पाँच हप्तामा भएको थियो । सबैभन्दा अचम्म लाग्दो कुरा के छ भने अमेरिकामा वितेका २ वर्षमा रेबिजको एक घटना पनि भएको थिएन । अमेरिकाको प्रमुख चिकित्सा संस्थानका अनुसार विगत १ दसकमा पहिलो पटक गत वर्ष रेबिजबाट यो मृत्यु भएको हो ।

पाँच हप्ताभित्र जो ३ व्यक्तिको मृत्यु भयो उनीहरुमध्ये एक बच्चा पनि समावेश थिए । मृत्यु हुने सबैलाई चमेरोले संक्रमण गरेको थियो । २८ सेप्टेम्बरदेखि ३ नोभेम्बरबीच यी मानिसहरुको मृत्यु भएको थियो ।

सीडीसीका अनुसार जुन ३ मानिसको मृत्यु भएको थियो,उनीहरुमा संक्रमणपछि पहिले लगाइएको खोपपछि पोस्ट एक्सपोजर प्रोफाइलेक्सिस ९पीईपी० को लक्षण पनि देखिएको थिएन । यी मृत्युपछि सीडीसीले अमेरिकाका चेतावनी जारी गरेको थियो । यसले सचेतनाका लागि सूचना पनि दिएको थियो ।

कुकुरका अलावा चमेरोबाट पनि रेबिज फैलन सक्छ । यसलाई रेबिज ब्याट्स भनिन्छ ।

सीडीसीको रिपोर्ट अनुसार २००७ मा चमेरोबाट पैmलने रेबिज अत्यन्त कम थियो । जबकी २०१९ र २०२० मा रेबिजको एक केश पनि देखिएन ।

तर गत वर्ष रेबिजबाट ५ को मृत्यु भएकाले सीडीसी पनि अचम्ममा परेको छ ।

सीडीसीका अनुसार मानिसलाई यसको विषयमा जानकारी नभएकाले यस्तो भएको हो ।

मस्तिष्क प्रणालीमा असर पु¥याउने भाइरसका कारण रेबिजको बिरामी हुन जान्छ । रेबिज संक्रमण भएका जनावरले टोक्नाले रेबिजको संक्रमण पैmलिन्छ । कुकुर, स्याल, चमेरो जस्ता जनावरका कारण रेबिज पैmलन्छ । अमेरिकामा १ वर्षमा ६० हजार मानिससलाई रेबिजको खोप दिइन्छ । यसले मानिस संक्रमणको शिकार हुदैनन् र मृत्यु पनि हुदैन ।

अमेरिकामा ७० प्रतिशत रेबिज संक्रमणको मामिला चमेरोबाट हुने गरेको छ । सीडीसीले मानिसलाई चमेरो भएको ठाउँमा नजानका लागि सल्लाह दिएको छ । यदि कुनै चमेरो देखियो भने तुरुन्त स्वास्थ्य विभाग वा जनावर नियन्त्रण केन्द्रमा जानकारी दिनका लागि आग्रह गरिएको छ ।

Loading...