विद्युत् नपाएर उद्योग बन्द हुने हो की भन्ने शंकारहित भएर उद्योगमा लगानि गरि ढुक्क हुनुस : मन्त्री भुषाल

पुष १ ,काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीलाई उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग बन्द हुने हो की भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

बिहीबार उर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत् आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नु भएको हो । मन्त्री भुषालले विभिन्न उद्योगमा विद्युत् आपूर्ति सम्बन्धि समस्या रहेको स्वीकार्दै प्राधिकरणले छिटै समस्या समाधानको लागि काम गरिरहेको बताउनु भयो ।

मन्त्री भुसालले विद्युत उत्पादन उद्योगको क्षमताभन्दा धेरै रहेकोले उद्योग सञ्चालनमा विद्युत् गुणस्तर नपुग्ने समस्यालाई प्राधिकरण गुणस्तर क्षमता बढाएर विद्युत् दिने वातावरण बनाउने प्रतिबद्दता जनाउनु भयो ।

उनले उद्योगी व्यवसायी अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएकाले नेपालमा ऊर्जा खपत गर्ने उद्योग ल्याउनका लागि पहल गर्नसमेत आग्रह गर्नु भयो ।