तीनजना शेर्पाले अन्टार्ट्रिकाको माउण्ट भिजन आरोहण गर्ने

काठमाडौँ । तीनजना नेपालीले अन्टार्ट्रिका महादेशको माउण्ट भिजन हिमाल आरोहण गर्ने भएका छन् ।

तीनजना शेर्पा दाजुभाइ सो हिमाल आरोहणका लागि त्यसतर्फ लागेका छन् । मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासि लाक्पा शेर्पाले दक्षिणी ध्रुवको ४८९२ मिटर अग्लो सो माउण्ट भिजन मिहाल आरोहण गर्न लागेका हुन् ।

सो हिमाल अन्टार्ट्रिका महादेशको सबैभन्दा अग्लो हिमाल हो । उनीहरु तीनजनाले सातवटै महादेशका हिमाल आरोहण गर्ने लक्ष्य लिएका छन् । उनीहरुले अन्टार्ट्रिकामा एक महिना बिताउने छन् ।

अन्टार्ट्रिका जान लागेका तीनजना आरोहीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय भण्डा दिएर बिदाइ गरेका छन् ।

Loading...