लिच्छिविकालिन सप्तपाताल पोखरीको पुनर्निर्माण हुदै

पुनः निर्माण परिकल्पना चित्र   –

काठमाडौं, मंसिर २७ ।ललितपुरको ल:गंख्य (लगनखेल) स्थित लिच्छिविकालिन समएमा निर्माण भएको एतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण गरिने भएको छ ।

नेपाली सेनाको राजदल गण भित्र रहेको पोखरीको बुधबार प्रधान सेनापति प्रभुराम शर्मा र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

सेनाको राजदल गण र ललितपुर महानगरपालिकाबीच भएको समझदारी अनुसार झण्डै ४० रोपनि क्षेत्रफलमा फैलिएको पोखरी पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

स्मार्ट सिटी निर्माण अन्तर्गत नै पोखरीको पुनः निर्माण कार्य गर्न लागिएको ललितपुर महानगरपाकिालका प्रमुख महर्जनले सो अवसरमा बताउनुभयो ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले वातावरणीयका हिसावले काठमाडौ भन्दा ललितपुर जिल्ला धेरै स्तरिय रहेको विचार ब्यक्त गर्नु भयो ।

सप्तपाताल पोखरीको पुनर्निर्माण आगामी ३ बर्ष भित्र सम्पन्न गर्ने योजना ललितपुर महानगरपालिकाले बनाएको छ ।

यसअघि गत १० जेठमा सेनाको लगनखेलस्थित राजदल गणको हाताभित्र अवस्थित दुईवटा पोखरीको पुनर्निर्माण गरी संरक्षण गर्नेसम्बन्धी समझदारी पत्रमा ललितपुर महानगर र सेनाबीच हस्ताक्षर भएको थियो ।

कार्यक्रममा बलाध्यक्ष रथी सरोजप्रताप राणा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीलगायतको उपस्थिति थियो ।

Loading...