एमालेले तोक्यो सातै प्रदेशमा आफ्ना इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशमा आफ्नो इन्चार्ज तोकेको छ।

भक्तपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकले आइतबार सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो।

एमालेले प्रदेश १ मा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, बागमतीमा काशिनाथ अधिकारी तथा गण्डकीमा पद्मा अर्याललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो।

यस्तै लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ।

Loading...