राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी ।

मङ्सिर १९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डप नयाँ नेतृत्व चयनका लागि भएको पहिलो एकता महाधिवेशनबाट अत्याधिकमतले राप्रपा अध्यक्षमा निर्वाचित हुनु भएकाे हो । उहाँका प्रतिद्वन्द्वी कमल थापाले अध्यक्षमा विजयी हुनु भएकाेमा लिङ्देनलाइ बधाइ दिनु भएकाे छ ।

राप्रपा अध्यक्षमा लिङ्देन १८ सय १७ मतसहित विजयी

काठमाडौं, मंसिर १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । राप्रपा निर्वाचन समितिका अनुसार लिङ्देनले १८ सय १७ मत प्राप्त गर्नुभएको हो । राप्रपा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले भने १६ सय १७ मत प्राप्त गर्नुभएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो।

यसैगरी, राप्रपाको एकमहिला सहित तीन उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुव प्रधान, विक्रम पाण्डे र रोशन कार्की विजयी हुनुभएको छ । राप्रपा उपाध्यक्षमा नौ जना प्रतिद्वन्द्वीबीचमा प्रतिस्पर्धा भएको थियो ।

राप्रपा महामन्त्रीमा कुन्ती शाही, भुवन पाठक र धवल शमशेर राणा विजयी हुनुभएको छ । महामन्त्रीका लागि छ उम्मेदवारबीचमा प्रतिस्पर्धा भएको थियो ।

Loading...