मत नदिन भन्दै पर्चा बाँडिएको प्रति भीम रावलले पोखे आक्रोश

मङ्सिर १४,काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहित ११ जना उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको प्रति नेता भीम रावलले आक्रोश पोख्नु भएको छ ।

मत नदिन भन्दै पर्चा बाँडिएको प्रति नेता रावलले आफ्नो सामाजिक सञ्चाल ट्वीटरमा लेख्दै आक्रोश पोख्नु भएको हो । मतदान स्थलमा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत गरिएको कार्य प्रति उहाले यसलाई निन्दनीय भएको विचार व्यक्त गर्नु भएको छ ।

ट्वीटरमा उहा लेख्नु हुन्छ – ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’  

मतदानस्थलमा भीम रावललगायतका ११ जना उम्मेदवारलाई मतदान नदिन भन्दै पर्चा बाडिएको थियो ।

Tweet

 
 
Dr. Bhim Rawal
 
@BhimRawal179
 
चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।

 

Loading...